ओली पक्षीय नेतालाई प्रदीप नेपालले भने-‘सरी म प्रचण्ड-नेपालसँग लागिसके’ – Janadesh Daily | ePaper

ओली पक्षीय नेतालाई प्रदीप नेपालले भने-‘सरी म प्रचण्ड-नेपालसँग लागिसके’


जनादेश, काठमाडौँ ।

नेकपाका नेता प्रदीप नेपालले प्रचण्ड-माधव पक्षलाई साथ दिने स्पष्ट पारेका छन् । नेकपा विभाजनसँगै आफ्नो पक्षमा दस्तखत गराउन नेपाल निवास पुगेका ओली पक्षका नेताहरु नेपालले ‘सरी’ भनेका हुन् ।

पर्यटनमन्त्री भानुभक्त ढकालसहितको टोलीलाई नेता नेपालले आफूले प्रचण्ड-माधव पक्षमा हस्ताक्षर गरिसकेकाले दुईतिर नगर्ने जवाफ दिएका हुन् ।

‘माफ गर्नुहोला १ मैले प्रचण्ड-माधव पक्षमा लाग्ने निर्णय गरिसकें भनेर पठाइदिएँ’, नेता नेपालले जनादेशलाई भने । नेता नेपाल नेकपामा बौद्धिक र तार्किक नेतामा पर्दछन् ।

केही समय अघि ओली पक्षीय नेताहरु माधव नेपाललाई मनाइदिन आग्रह गर्दै नेपालकोमा गएका थिए ।

"Janadeshdaily.com"

यो नेपाली भाषाको डिजीटल पत्रिका हो । हामी तपाइँहरु समक्ष छुट्टै दृष्टिकोण र स्वादका समाचार पस्किने प्रयासमा छौं । तपाइँको सल्लाह र सुझाव हाम्रालागि सधैं मार्गदर्शक रहनेछ । यो डिजिटल पत्रिका हेर्नुभएकोमा हार्दिक धन्यवाद । देश र दुनियाँको हरपल ताजा जानकारीसहितका समाचारका लागि जनादेश दैनिक । समाचार वा जानकारी छन् भने तत्काल पठाउनुस् हामी वृहत पाठकसमक्षक पुर्‍याउने छौं । समाचार, जानकारी वा तस्विर तथा भिडियो पठाउने इमेल ठेगाना- info@janadeshdaily.com

     
प्रतिक्रिया दिनुहोस्