आयो चिनियाँ प्रतिनिमण्डलः यस्तो छ काठमाडौंमा उच्चस्तरीय भेटको तालिका – Janadesh Daily | ePaper

आयो चिनियाँ प्रतिनिमण्डलः यस्तो छ काठमाडौंमा उच्चस्तरीय भेटको तालिका


जनादेश, काठमाडौँ ।

चीनका उच्च अधिकारीको प्रतिनिधिमण्डल काठमाडौं आइपुगेको छ । चिनियाँ कम्युनिष्ट पार्टीको अन्तर्राष्ट्रिय विभागका उपमन्त्री कुओ येचौ नेतृत्वको चार सदस्यीय टोली एयर चाइनाको चार्टर्ड विमानबाट काठमाडौं ओर्लिएको हो ।

भ्रमणबारे विस्तृतमा जानकारी नदिइएपनि नेपालको पछिल्लो राजनीतिक घटनाक्रमबारे बुझ्न उत्तरी छिमेकीको प्रतिनिमण्डल आएको अनुमान गरिएको छ ।

चार दिन नेपालमा रहने चिनियाँ प्रतिनिधिमण्डलले राष्ट्रपति विद्यादेवी भण्डारी, प्रधानमन्त्री केपी शर्मा ओली, नेकपा अध्यक्षद्वय पुष्पकमल दाहाल प्रचण्ड र माधवकुमार नेपाललगायतसँग भेटवार्ता गर्ने कार्यतालिका सार्वजनिक भैसकेको छ ।

चिनियाँ टोली आउनु अघि चिनियाँ राजदूत होउ यान्छीले राष्ट्रपति, प्रधानमन्त्रीका साथै नेकपाका शीर्ष नेताहरुलाई भेटेकी थिइन् । भेटहरुमा उनले पार्टीको विवाद र राजनीतिक घटनाक्रम कसरी अगाडि बढ्छ भन्ने चासो राखेकी थिइन् ।

नेकपा विभाजन हुने बाटोमा अघी बढेपछि चीनले चासो देखाएको छ । नेकपाका दुवै घटकलाई भेटेर एकीकृत रहन सन्देश दिने उनीहरुको तयारी रहेको बुझिएको छ ।

"Janadeshdaily.com"

यो नेपाली भाषाको डिजीटल पत्रिका हो । हामी तपाइँहरु समक्ष छुट्टै दृष्टिकोण र स्वादका समाचार पस्किने प्रयासमा छौं । तपाइँको सल्लाह र सुझाव हाम्रालागि सधैं मार्गदर्शक रहनेछ । यो डिजिटल पत्रिका हेर्नुभएकोमा हार्दिक धन्यवाद । देश र दुनियाँको हरपल ताजा जानकारीसहितका समाचारका लागि जनादेश दैनिक । समाचार वा जानकारी छन् भने तत्काल पठाउनुस् हामी वृहत पाठकसमक्षक पुर्‍याउने छौं । समाचार, जानकारी वा तस्विर तथा भिडियो पठाउने इमेल ठेगाना- info@janadeshdaily.com

     
प्रतिक्रिया दिनुहोस्