ओलीबाट मन्त्री उपहार पाएका रायमाझी भन्छन्- ‘एमसिसी लागु गर्नुपर्छ’ – Janadesh Daily | ePaper

ओलीबाट मन्त्री उपहार पाएका रायमाझी भन्छन्- ‘एमसिसी लागु गर्नुपर्छ’


जनादेश, काठमाडौँ ।

उर्जा, जलस्रोत तथा सिंचाइ मन्त्री टोपबहादुर रायमाझीले मिलेनियम च्यालेन्ज कर्पोरेसन एमसीसी लागू गर्नुपर्ने बताएका छिन् । पूर्वमाओवादी नेताकोरुपमा पुप्पकमल दाहाल प्रचण्डको साथ छोडेवापत मन्त्री पाएका रायमाझीले पद आज पदभार ग्रहणपछि यस्तो बताएका हुन् ।

पत्रकारहरुसँगको कुराकानीमा उर्जामन्त्री रायमाझीले कुनैपनि वैदेशिक लगानीलाई अस्वीकृत गर्न नहुने भन्दै एमसीसीलाई लागू गरेर अघि बढ्नुपर्ने बताए । एमसीसी सम्झौतामा देशको स्वाभिमान कमजोर पार्ने विषय भएमा सच्याएर भएपनि कार्यान्वयनमा लैजानु पर्ने उनको भनाई छ ।

रायमाझीले देशको राजनीतिक प्रणाली बचाउन मन्त्री पद स्वीकार गरेको दावी पनि गरे । मन्त्री रायमाझीले राजनीतिक प्रणालीलाई निरन्तरता दिन र देशमा स्थिरताका लागि मध्यावधि निर्वाचनमा जानुको विकल्प नरहेको जिकिर गरेका छन् ।

रायमाझीले एमसिसीको पक्षमा वकालत गरेपछि उनकै कार्यकर्ताहरुकोरुपमा रहेका पूर्वमाओवादीहरुले उनलाई धिक्कारेका छन् ।

"Janadeshdaily.com"

यो नेपाली भाषाको डिजीटल पत्रिका हो । हामी तपाइँहरु समक्ष छुट्टै दृष्टिकोण र स्वादका समाचार पस्किने प्रयासमा छौं । तपाइँको सल्लाह र सुझाव हाम्रालागि सधैं मार्गदर्शक रहनेछ । यो डिजिटल पत्रिका हेर्नुभएकोमा हार्दिक धन्यवाद । देश र दुनियाँको हरपल ताजा जानकारीसहितका समाचारका लागि जनादेश दैनिक । समाचार वा जानकारी छन् भने तत्काल पठाउनुस् हामी वृहत पाठकसमक्षक पुर्‍याउने छौं । समाचार, जानकारी वा तस्विर तथा भिडियो पठाउने इमेल ठेगाना- info@janadeshdaily.com

     
प्रतिक्रिया दिनुहोस्