संखुवासभा भिडन्तबारे विप्लव पक्षको विज्ञप्तिः के भने प्रकाण्डले – Janadesh Daily | ePaper

संखुवासभा भिडन्तबारे विप्लव पक्षको विज्ञप्तिः के भने प्रकाण्डले


जनादेश वाच ।

नेत्रविक्रम चन्द नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीले संखुवासभा जिल्लाको चैनपुर नगरपालिका- ४, मैदानेमा आइतबार भएको घटना नक्कली भिडन्त भएको दाबी गरेको छ ।

पार्टीका प्रवक्ता खड्गबहादुर विश्वकर्मा ‘प्रकाण्ड’ले आइतबार एक विज्ञप्ति जारी गर्दै उक्त कार्यको भर्त्सना गरेका हुन् ।

नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेकपाले आफ्ना एक नेताको बहिनी भएकै आधारमा प्रहरीले घरमै गएर ढाड भाँचिने गरी कुटपिट गरेको भन्दै गम्भीर आपत्ति जनाएको छ।

संखुवासभाको चैनपुर-४ मैदानेमा भएको यस घटनालाई प्रहरीले दोहोरो भिडन्त भनेर समाचार फैलाएको आरोप लगाउँदै विप्लव समूहले खण्डन गरेको छ।

साथै सुरक्षा निकायविरुद्ध आक्रमण गर्ने नीति आफूहरूको नरहे पनि राज्यले परिस्थितीलाई उक्साउने, उत्तेजित बनाउने काम जारी राखे शसक्त प्रतिरोध गर्ने चेतावनी पनि विज्ञप्तिमा दिइएको छ।

"Janadeshdaily.com"

यो नेपाली भाषाको डिजीटल पत्रिका हो । हामी तपाइँहरु समक्ष छुट्टै दृष्टिकोण र स्वादका समाचार पस्किने प्रयासमा छौं । तपाइँको सल्लाह र सुझाव हाम्रालागि सधैं मार्गदर्शक रहनेछ । यो डिजिटल पत्रिका हेर्नुभएकोमा हार्दिक धन्यवाद । देश र दुनियाँको हरपल ताजा जानकारीसहितका समाचारका लागि जनादेश दैनिक । समाचार वा जानकारी छन् भने तत्काल पठाउनुस् हामी वृहत पाठकसमक्षक पुर्‍याउने छौं । समाचार, जानकारी वा तस्विर तथा भिडियो पठाउने इमेल ठेगाना- info@janadeshdaily.com

     
प्रतिक्रिया दिनुहोस्