चिनियाँ टोलीले राष्ट्रपतिलाई के भन्यो? यस्तो छ नेपाललाई चिनियाँ राष्ट्रपतिको सन्देश – Janadesh Daily | ePaper

चिनियाँ टोलीले राष्ट्रपतिलाई के भन्यो? यस्तो छ नेपाललाई चिनियाँ राष्ट्रपतिको सन्देश


जनादेश वाच ।
नेपालमा सत्तारुढ दल विभाजन हुने अवस्था आएपछि चिन्तित देखिएको चीनले नेकपालाई एकीकृत राख्ने प्रयास थालेको छ । नेपालमा बढेको राजनीतिक संकटकाबीच रफ्तारमा नेपाल भ्रमणमा आएको चिनियाँ कम्युनिस्ट पार्टी (सीपीसी)को उच्चस्तरीय प्रतिनिधिमण्डलले राष्ट्रपति विद्या भण्डारीसँग भेटवार्ता गरेर नेपालको विकसित घटनाक्रम र सम्भावित परिदृष्यबारे जानकारी लिएको छ ।

आइतबार साँझ ५ बजे सीपीसी अन्तर्राष्ट्रिय विभागका उपमन्त्री कुओ यचौ नेतृत्वको टोलीले शितल निवासमा राष्ट्रपतिसँग भेटवार्ता गरेको थियो । भेटका क्रममा चिनियाँ प्रतिनिधिमण्डलले आफ्ना राष्ट्रपति सी चिनफिनको सन्देश सुनाएको छ ।

फाइल तस्विर

चीनले नेकपा फुट नचाहेको र एकताका लागि सहजीकरण गर्न चाहेको राष्ट्रपति सीको सन्देश भण्डारीलाई कुओले सुनाएका थिए ।

यसअघि ८ फागुन २०७४ मा नेपाल आएका कुओले नेताहरू पुष्पकमल दाहाल प्रचण्ड, केपी ओलीसहितका नेताहरूसँग भेट गरेका थिए । त्यसपछि नै पार्टी एकीकरणका लागि सातबुँदे प्रस्ताव तयार भएको थियो ।

अहिले पनि नेकपालाई एकीकृत राख्न चिनियाँ कम्युनिष्ट पार्टीको चहाना छ । कुओ येचौ नेतृत्वको चार सदस्यीय टोली आइतबार काठमाडौं आइपुगेको हो ।

टोलीले आज प्रधानमन्त्री केपी शर्मा ओलीलाई भेट्ने भएको छ। आइतबार भेट्ने कार्यक्रम रहे पनि समय नमिलेका कारण आज सोमबार भेट्ने तय भएको बताइएको छ।

टोलीले नेपाल कम्युनिष्ट पार्टी (नेकपा) अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ तथा माधवकुमार नेपालसँग पनि भेटवार्ता गर्ने बताइएको छ।

"Janadeshdaily.com"

यो नेपाली भाषाको डिजीटल पत्रिका हो । हामी तपाइँहरु समक्ष छुट्टै दृष्टिकोण र स्वादका समाचार पस्किने प्रयासमा छौं । तपाइँको सल्लाह र सुझाव हाम्रालागि सधैं मार्गदर्शक रहनेछ । यो डिजिटल पत्रिका हेर्नुभएकोमा हार्दिक धन्यवाद । देश र दुनियाँको हरपल ताजा जानकारीसहितका समाचारका लागि जनादेश दैनिक । समाचार वा जानकारी छन् भने तत्काल पठाउनुस् हामी वृहत पाठकसमक्षक पुर्‍याउने छौं । समाचार, जानकारी वा तस्विर तथा भिडियो पठाउने इमेल ठेगाना- info@janadeshdaily.com

     
प्रतिक्रिया दिनुहोस्