संसद विघटनको विरोध आज कांग्रेसको देशव्यापी प्रदर्शन, काठमाडौंमा कहाँ कहाँ (विवरणसहित) – Janadesh Daily | ePaper

संसद विघटनको विरोध आज कांग्रेसको देशव्यापी प्रदर्शन, काठमाडौंमा कहाँ कहाँ (विवरणसहित)


जनादेश, काठमाडौं ।

संसद विघटन असंबैधानिक र बेइमानीपूर्ण भएको भन्दै नेपाली कांग्रेसले आज देशव्यापी विरोध प्रदर्शन गर्दैछ । गत बिहीबार बसेको केन्द्रीय कार्यसमितिको बैठकले सरकारको कदमविरुद्ध १६५ निर्वाचन क्षेत्रमा विरोध प्रदर्शन गर्ने निर्णय गरेको थियो।

विरोध प्रदर्शनका लागि केन्द्रीय नेताहरु सम्भव भएसम्म आफ्नै निर्वाचन क्षेत्रमा सहभागी हुनेछन्। यद्यपि कांग्रेसले केन्द्रीय नेताहरुलाई विरोध प्रदर्शनमा सहभागी हुन निश्चित स्थान तोकेको छैन।

पार्टी प्रवक्ता विश्वप्रकाश शर्मा कोटेश्वरको विरोध प्रदर्शनमा सहभागी हुनेछन् भने नेता गगन थापाले नेपालगन्जको सभामा सम्बोधन गर्ने भएका छन्। सोमबारको विरोध प्रदर्शनको समीक्षा गरेपछि मात्रै अर्को विरोधको प्रारूप तयार गर्ने कांग्रेसले जनाएको छ।

काठमाडौंमा कहाँ प्रदर्शन हुँदैछ?

क्षेत्र नम्बर १
– दिउँसो १ बजे, नयाँ बानेश्वर होटल एभरेस्ट अगाडि ।
क्षेत्र नम्बर २
– दिउँसो १ बजे कोटेश्वर चोक।
क्षेत्र नम्बर ३
– दिउँसो १ बजे जोरपाटी चोक ।
क्षेत्र नम्बर ४
– दिउँसो १ बजे नारायण चौर नक्साल।
क्षेत्र नम्बर ५
– दिउँसो १ बजे नारायण गोपाल चोक महाराजगन्ज ।
क्षेत्र नम्बर ६
दिउँसो १ बजे मनमैजु लोकतान्त्रिक चाोक।
क्षेत्र नम्बर ७
– दिउँसो १ बजे बालाजु चोक ।
क्षेत्र नम्बर ८
दिउँसो १ बजे बस्नतपुर डबली ।
क्षेत्र नम्बर ९
– दिउँसो १ बजे कलंकी चोक ।
क्षेत्र नम्बर १०
दिउँसो १ बजे कीर्तिपुर बजार ।

नेकपाको ओली समूहबाहेक सबै राजनीतिक दलले प्रतिनिधिसभा विघटन असंबैधानिक भएको बताएका छन् । काननविद्हरूले पनि अहिलेको संविधानले प्रधानमन्त्रीलाई संसद् विघटन गर्ने अधिकार नदिएको बताइरहेका छन्।

विघटनसम्बन्धि मुद्धा सर्वोच्च अदालतमा विचाराधीन छ ।

"Janadeshdaily.com"

यो नेपाली भाषाको डिजीटल पत्रिका हो । हामी तपाइँहरु समक्ष छुट्टै दृष्टिकोण र स्वादका समाचार पस्किने प्रयासमा छौं । तपाइँको सल्लाह र सुझाव हाम्रालागि सधैं मार्गदर्शक रहनेछ । यो डिजिटल पत्रिका हेर्नुभएकोमा हार्दिक धन्यवाद । देश र दुनियाँको हरपल ताजा जानकारीसहितका समाचारका लागि जनादेश दैनिक । समाचार वा जानकारी छन् भने तत्काल पठाउनुस् हामी वृहत पाठकसमक्षक पुर्‍याउने छौं । समाचार, जानकारी वा तस्विर तथा भिडियो पठाउने इमेल ठेगाना- info@janadeshdaily.com

     
प्रतिक्रिया दिनुहोस्