प्रतिनिधिसभा विघटनविरुद्ध सडक सङ्घर्षमा उत्रियो प्रचण्ड-नेपाल समूह – Janadesh Daily | ePaper

प्रतिनिधिसभा विघटनविरुद्ध सडक सङ्घर्षमा उत्रियो प्रचण्ड-नेपाल समूह


काठमाडौँ ।

नेपाल कम्युनिष्ट पार्टी (नेकपा) दाहाल–नेपाल समूहले प्रतिनिधिसभा विघटनविरुद्ध आज देशव्यापी विरोध प्रदर्शन शुरु गरेको छ । यही पुस ७ देखि ९ गतेसम्म बसेको नेकपा केन्द्रीय कमिटी बैठकले आज प्रतिनिधिसभा विघटनविरुद्ध देशव्यापी जनप्रदर्शन गर्ने निर्णय गरेको थियो ।

प्रदर्शनमा नेकपाका शीर्ष नेता सहभागी हुनुभएको छ । भृकुटीमण्डपबाट शुरु भएको प्रदर्शनमा शहीदढोका, वीर अस्पताल, रत्नपार्क, बागबजार, पुतलीसडक हुँदै भृकुटीमण्डपमा आई सभामा परिणत हुने भएको छ । प्र्रदर्शनमा पार्टी अध्यक्षद्वय पुष्पकमल दाहाल ‘प्रचण्ड’, माधवकुमार नेपाल, वरिष्ठ नेता झलनाथ खनाललगायत शीर्ष नेताको सहभागिता छ ।

भृकुटीमण्डपस्थित सभालाई तीनै नेताले सम्बोधन गर्ने कार्यक्रम छ । नेकपाले संसद् विघटनविरुद्ध जनप्रदर्शन गर्न प्रवक्ता नारायणकाजी श्रेष्ठको संयोजकत्वमा दुई हजार ५०१ सदस्यीय सङ्घर्ष समिति गठन गरेको थियो । यही पुस ५ गते प्रतिनिधिसभा विघटन गरिएपछि नेकपा सडक सङ्घर्षमा उत्रिएको छ ।

"Janadeshdaily.com"

यो नेपाली भाषाको डिजीटल पत्रिका हो । हामी तपाइँहरु समक्ष छुट्टै दृष्टिकोण र स्वादका समाचार पस्किने प्रयासमा छौं । तपाइँको सल्लाह र सुझाव हाम्रालागि सधैं मार्गदर्शक रहनेछ । यो डिजिटल पत्रिका हेर्नुभएकोमा हार्दिक धन्यवाद । देश र दुनियाँको हरपल ताजा जानकारीसहितका समाचारका लागि जनादेश दैनिक । समाचार वा जानकारी छन् भने तत्काल पठाउनुस् हामी वृहत पाठकसमक्षक पुर्‍याउने छौं । समाचार, जानकारी वा तस्विर तथा भिडियो पठाउने इमेल ठेगाना- info@janadeshdaily.com

     
प्रतिक्रिया दिनुहोस्