ओलीका कारण संविधान र गणतन्त्रमाथि प्रहार : प्रचण्ड – Janadesh Daily | ePaper

ओलीका कारण संविधान र गणतन्त्रमाथि प्रहार : प्रचण्ड


जनादेश, काठमाडौं ।

नेपाल कम्युनिस्ट पार्टी (नेकपा) प्रचण्ड नेपाल समूहका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले जनता समक्ष माफी मागेका छन् ।

भृकुटीमण्डपमा भएको जनसभालाई सम्बोधन गर्दै प्रचण्डले आफूले नै बनाएका प्रधानमन्त्रीका कारण संविधान र गणतन्त्रमाथि प्रहार भएको भन्दै माफी मागेका हन् ।

कम्युनिस्ट पार्टीको अध्यक्षले नै यसतो कदम चाल्छन् भन्ने नसोचेको जनाउँदै ओली संघीयता र धर्मनिपरपेक्षता विरोधी भएको प्रचण्डले बताए ।

‘उहाँको सिद्धान्त बयलगाडा होइन भन्ने मलाई थाहा थियो। उहाँ संघीयता र धर्म निरपेक्षताको विरोधी हो भन्ने मलाई थाहा थियो। आम नागरिकलाई पनि थाहा थियो। तर उहाँले आँधी हुरी आएकाले मैले मानिदिए भन्नुभयो मैले त्यसलाई विश्वास गरें। तर घटनाक्रमले पुष्टि गर्‍यो। उहाँ बयलगाडा नै हुनुहुन्छु, प्रचण्डले भने।

"Janadeshdaily.com"

यो नेपाली भाषाको डिजीटल पत्रिका हो । हामी तपाइँहरु समक्ष छुट्टै दृष्टिकोण र स्वादका समाचार पस्किने प्रयासमा छौं । तपाइँको सल्लाह र सुझाव हाम्रालागि सधैं मार्गदर्शक रहनेछ । यो डिजिटल पत्रिका हेर्नुभएकोमा हार्दिक धन्यवाद । देश र दुनियाँको हरपल ताजा जानकारीसहितका समाचारका लागि जनादेश दैनिक । समाचार वा जानकारी छन् भने तत्काल पठाउनुस् हामी वृहत पाठकसमक्षक पुर्‍याउने छौं । समाचार, जानकारी वा तस्विर तथा भिडियो पठाउने इमेल ठेगाना- info@janadeshdaily.com

     
प्रतिक्रिया दिनुहोस्