ओलीमा कम्युनिष्टमा हुनुपर्ने गुण र लोकतन्त्रवादीमा हुनुपर्ने आचरण छैन : नेपाल – Janadesh Daily | ePaper

ओलीमा कम्युनिष्टमा हुनुपर्ने गुण र लोकतन्त्रवादीमा हुनुपर्ने आचरण छैन : नेपाल


जनादेश, काठमाडौँ ।

नेपाल कम्युनिष्ट पार्टी (नेकपा) दाहाल–नेपाल समूहका अध्यक्ष माधवकुमार नेपालले प्रधानमन्त्री केपी ओलीमा कम्युनिष्टमा हुनुपर्ने गुण नभएको बताएका छन् । भृकुटीमण्डपमा आयोजित आमसभालाई सम्बोधन गर्दै नेपालले सो कुरा बताएका हुन् ।

‘ओलीलाई पार्टीसँग मतलब छैन। अनुशासनसँग मतलब छैन। व्यक्तिवाद हावी छ। कम्युनिष्टमा हुनुपर्ने गुण छैन। लोकन्त्रवादीमा हुनुपर्ने आचरण छैन,’ नेता नेपालले भने।

उनले निरङ्कुश केपी ओली र यस्ता प्रवृत्तिको आयु समेत सकिएको बताएका छन् । प्रधानमन्त्री ओलीको प्रतिनिधिसभा विघटन गर्ने कार्य उचित नभएको हुँदा संविधान विरोधी उक्त कदम स्वीकार्य नहुने नेपालको भनाइ छ ।

उनले भने, ‘ओलीको कदम हामीलाई स्वीकार्य छैन। यसकाविरुद्ध आन्दोलनको उद्घोष गरेका छौँ। ओलीलाई गणतन्त्रप्रति कुनै माया छैन। निष्ठा छैन। गणतन्त्रप्रति अपनत्वबोध छैन। संघीयतालाई बलियो बनाउनुपर्ने बेला ओलीबाट अनुचित कार्य भएको छ। जनअघिकार विरुद्ध कदम चाल्नुभएको छ।’

यस्तै, ओली सच्चिएमा सबै कुरा बिसैन तयार रहेको बताउँदै नेपालले भने , ‘उहाँ सच्चिने आशा गरेका छौँ। अन्तिम मौका दिएका छौँ। केन्द्रीय सदस्यबाट हटाएका छैनौँँ। हामी सबै कुरा बिर्सन तयार छौँ।’

"Janadeshdaily.com"

यो नेपाली भाषाको डिजीटल पत्रिका हो । हामी तपाइँहरु समक्ष छुट्टै दृष्टिकोण र स्वादका समाचार पस्किने प्रयासमा छौं । तपाइँको सल्लाह र सुझाव हाम्रालागि सधैं मार्गदर्शक रहनेछ । यो डिजिटल पत्रिका हेर्नुभएकोमा हार्दिक धन्यवाद । देश र दुनियाँको हरपल ताजा जानकारीसहितका समाचारका लागि जनादेश दैनिक । समाचार वा जानकारी छन् भने तत्काल पठाउनुस् हामी वृहत पाठकसमक्षक पुर्‍याउने छौं । समाचार, जानकारी वा तस्विर तथा भिडियो पठाउने इमेल ठेगाना- info@janadeshdaily.com

     
प्रतिक्रिया दिनुहोस्