नेविसङ्घद्वारा त्रिविमा तालाबन्दी – Janadesh Daily | ePaper

नेविसङ्घद्वारा त्रिविमा तालाबन्दी


काठमाडौँ, रासस० ः

नेपाली काँग्रेस निकट नेपाल विद्यार्थी सङ्घ ९नेविसङ्घ० ले मापदण्डविपरीत विभिन्न नियुक्ति गरिएको भन्दै त्रिभुवन विश्वविद्यालयको उपकुलपतिको कार्यालयमा ताला लगाएको छ ।

विश्वविद्यालयमा भएका नियुक्तिमा सत्तारूढ नेपाल कम्युनिष्ट पार्टी ९नेकपा०का कार्यकर्तालाई प्राथमिकता दिएको आरोप लगाउँदै नेविसङ्घ त्रिवि समितिले आज रजिष्ट्रार र रेक्टरको कार्यालयमा समेत ताला लगाएको हो ।

सङ्घद्वारा जारी विज्ञप्तिमा भनिएको छ, ‘विश्वविद्यालयको व्यवस्थापनभन्दा पनि अमुक पार्टीका कार्यकर्ताको व्यवस्थापन गर्ने गरी हालै नियुक्ति गरिएका विभागीय प्रमुख, क्याम्पस प्रमुख, डिनहरूको नियुक्ति खारेज गरी विश्वविद्यालयको मापदण्डअनुसार नियुक्त नगरेसम्म अनिश्चितकालीन तालाबन्दी गरिएको जानकारी गर्दछौँ ।’

मागसँगै वार्ताका लागि पटक–पटक पहल गर्दा पनि पदाधिकारी तयार नभएपछि आफूहरु तालाबन्दी गर्न बाध्य भएको सङ्घका नेताहरुको भनाइ छ ।

"Janadeshdaily.com"

यो नेपाली भाषाको डिजीटल पत्रिका हो । हामी तपाइँहरु समक्ष छुट्टै दृष्टिकोण र स्वादका समाचार पस्किने प्रयासमा छौं । तपाइँको सल्लाह र सुझाव हाम्रालागि सधैं मार्गदर्शक रहनेछ । यो डिजिटल पत्रिका हेर्नुभएकोमा हार्दिक धन्यवाद । देश र दुनियाँको हरपल ताजा जानकारीसहितका समाचारका लागि जनादेश दैनिक । समाचार वा जानकारी छन् भने तत्काल पठाउनुस् हामी वृहत पाठकसमक्षक पुर्‍याउने छौं । समाचार, जानकारी वा तस्विर तथा भिडियो पठाउने इमेल ठेगाना- info@janadeshdaily.com

     
प्रतिक्रिया दिनुहोस्