नेकपामा शक्ति प्रदर्शनको होडः सडकबाट प्रचण्डको हुंकारपछि यस्तो छ ओलीको तयारी – Janadesh Daily | ePaper

नेकपामा शक्ति प्रदर्शनको होडः सडकबाट प्रचण्डको हुंकारपछि यस्तो छ ओलीको तयारी


जनादेश वाच ।

प्रतिनिधिसभा विघटन गर्ने प्रधानमन्त्री केपी शर्मा ओलीको निर्णयको विरोधमा नेकपा प्रचण्ड-माधव समूहले मंगलबार काठमाडौंसहित देशभरका विभिन्न शहरमा शक्ति प्रदर्शन गरेको छ ।

काठमाडौंमा गरिएको शक्ति प्रदर्शनमा त्यस समूहका अध्यक्षद्वय, पुष्पकमल दाहाल ‘प्रचण्ड’ र माधवकुमार नेपाल, वरिष्ठ नेता झलनाथ खनाल, प्रवक्ता नारायणकाजी श्रेष्ठसहितका शीर्ष नेता सहभागी थिए ।

राजधानीका १३ स्थानबाट त्यस समूहले शक्ति प्रदर्शन गर्दै निकालिएको जुलुस भृकुटीमण्डपमा आइपुगेको थियो । त्यहाँ शीर्ष नेताले सम्बोधन गर्दै ओलीको कदमको चर्को विरोध गरेका थिए ।

ओलीको आफ्नै तयारी
दाहाल प्रचण्ड-माधव कुमार नेपाल समूहले दुई दिनसम्म गरेको केन्द्रीय कमिटी बैठकस्थलमा नै प्रधानमन्त्री केपी शर्मा ओली पक्षले नै प्रादेशिक भेला गर्ने तयारी गरेको छ ।

प्रचण्ड-माधव समूहले केन्द्रीय कमिटी बेठक राखेको कार्की पार्टी प्यालेसमा नै ओली पक्षले पुस १५ गते प्रादेशिक भेला कार्यक्रम राखेका हुन्।

पुस ७ र ९ गते प्रचण्ड-माधव समूहले कार्की पार्टी प्यालेसमा केन्द्रीय कमिटी गरेको थियो। तर त्यसको एक साता पनि नबित्दै पुस १५ गतेका लागि सुदूरपश्चिमका कार्यकर्ता भेला राखेको हो।

उपत्यकामा उपलब्ध प्रदेशका कार्यकर्ताहरूलाई प्रधानमन्त्री एवं ओली पक्षका अध्यक्ष केपी शर्मा ओलीले सम्बोधन गरेको छ।

प्रधानमन्त्री केपी शर्मा ओली पक्षले केन्द्रीय कमिटी बैठक भने प्रधानमन्त्री निवास बालुवाटारमा राखेको थियो।

प्रतिनिधिसभा विघटन भएपछि दुई धारमा विभाजित नेकपाका दुवै पक्षले भेला तथा छलफल कार्यक्रमलाई प्राथमिकता दिएका छन्।

"Janadeshdaily.com"

यो नेपाली भाषाको डिजीटल पत्रिका हो । हामी तपाइँहरु समक्ष छुट्टै दृष्टिकोण र स्वादका समाचार पस्किने प्रयासमा छौं । तपाइँको सल्लाह र सुझाव हाम्रालागि सधैं मार्गदर्शक रहनेछ । यो डिजिटल पत्रिका हेर्नुभएकोमा हार्दिक धन्यवाद । देश र दुनियाँको हरपल ताजा जानकारीसहितका समाचारका लागि जनादेश दैनिक । समाचार वा जानकारी छन् भने तत्काल पठाउनुस् हामी वृहत पाठकसमक्षक पुर्‍याउने छौं । समाचार, जानकारी वा तस्विर तथा भिडियो पठाउने इमेल ठेगाना- info@janadeshdaily.com

     
प्रतिक्रिया दिनुहोस्