१० दिनपछि प्रचण्डलाई आयो ओलीको फोन, पौडेल र नेम्वाङ भेट्न पुगे – Janadesh Daily | ePaper

१० दिनपछि प्रचण्डलाई आयो ओलीको फोन, पौडेल र नेम्वाङ भेट्न पुगे


जनादेश अपडेट ।

प्रधानमन्त्री केपी शर्मा ‌ओलीले संसद विघटनपछि पहिलो पटक नेकपाका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसँग टेलिफोनमा कुराकानी गरेका छन्।

संसद विघटन भएको १० दिनपछि बुधबार दुई नेताबीच टेलिफोन सम्बाद भएको हो । यद्यपि उनीहरुबीचको कुराकानी राजनीतिक नभएर पारिवारिक हो ।

प्रधानमन्त्री ओलीले अध्यक्ष दाहाललाई फोन गर्दै दाहाल पत्नी सीता दाहालको स्वास्थ्य अवस्थाबारे जानकारी लिएका थिए ।

मेडिसिटी अस्पतालमा बुधबार नै उपचारका लागि भर्ना भएकी सीताको स्वास्थ्यलाभको कामना गर्दै ओलीले अर्थमन्त्री बिष्णु पौडेल र पूर्वसभामुख सुवासचन्द्र नेम्वाङलाई पठाउन लागेको जानकारी समेत गराएका थिए।

पुस ५ गते बिहान संसद विघटनअघि पुष्पकमल दाहालले प्रधानमन्त्री ओलीसँग फोन गरी बालुवाटारमै गएर भेटेपछि नेकपाका दुई शीर्ष नेताहरुबीच पहिलोपटक फोनमा कुराकानी भएको हो।

छोरा प्रकाश दाहालको निधनपछि केही वर्षयता मानसिक तथा शारीरिक रुपमा कमजोर बनेकी सीताको स्वास्थ्यमा समस्या आएपछि बुधबार नै मेडिसिटी अस्पतालमा उपचारका लागि भर्ना गरिएको छ ।

सीता विरामी भएपछि दाहाल-नेपाल समूहको बुधबारको स्थायी समिति बैठक समेत प्रभावित भएको थियो ।

"Janadeshdaily.com"

यो नेपाली भाषाको डिजीटल पत्रिका हो । हामी तपाइँहरु समक्ष छुट्टै दृष्टिकोण र स्वादका समाचार पस्किने प्रयासमा छौं । तपाइँको सल्लाह र सुझाव हाम्रालागि सधैं मार्गदर्शक रहनेछ । यो डिजिटल पत्रिका हेर्नुभएकोमा हार्दिक धन्यवाद । देश र दुनियाँको हरपल ताजा जानकारीसहितका समाचारका लागि जनादेश दैनिक । समाचार वा जानकारी छन् भने तत्काल पठाउनुस् हामी वृहत पाठकसमक्षक पुर्‍याउने छौं । समाचार, जानकारी वा तस्विर तथा भिडियो पठाउने इमेल ठेगाना- info@janadeshdaily.com

     
प्रतिक्रिया दिनुहोस्