कोरोना भाइरसपछिको सुधार योजनाका लागि सम्झौता हुनेमा नेताहरू आशावादी – Janadesh Daily | ePaper

कोरोना भाइरसपछिको सुधार योजनाका लागि सम्झौता हुनेमा नेताहरू आशावादी


कोरोनाभाइरसका कारण थला परेको अर्थतन्त्रलाई उकास्न कोरोनाभाइरसपछिको आर्थिक पुनःप्राप्ति योजनाका लागि सम्झौता हुनेमा यूरोपेली नेताहरूले विश्वास व्यक्त गर्नुभएको छ ।

फ्रान्सेली राष्ट्रपति इमानुएल म्याक्राँे र जर्मन चान्सलर एन्जेला मर्केलले ब्रसेल्समा भएको ईयू शिखर सम्मेलनको चौथो दिन सोमबार उक्त धारणा व्यक्त गर्नुभएको हो ।

म्याक्रोँले भन्नुभयो, “कोरोनाभइरसका कारण तहसनहस बनेको अर्थतन्त्र सुधारका लागि ‘ समझदारी र सम्झौताको सम्भावित आशा’ सम्मेलनबाट पलाएको छ ।

पीडाहरूबारे छलफल पुनः सुरु भएका छन् । अझै कुनै पनि कुरामा सहमति भएको छैन त्यसैले सहमति निर्माणका लागि म अत्यन्त होशियार रहनेछु ।

“त्यहाँ सम्झौताको भावना रहेको छ । त्यहाँ धेरै धेरै तनावपूर्ण क्षणहरु रहेका छन् र केहि क्षणहरु छन् जुन पक्कै पनि कठिन हुनेछन्,” उहाँले भन्नुभयो ।

सम्मेलनका तीन दिनको लामो छलफलपछि पनि ईयू समूहका २७ मुलुकका नेताहरूले उद्धार कार्यक्रमको आठ खर्ब ६० अर्ब अमेरिकी डलर रकममा सहमति निर्माण गर्न नसकेपछि अर्को सत्रको छलफलका लागि भेला भइरहेका समय फ्रान्सका राष्ट्रपति म्याक्रोँले उक्त धारणा सञ्चारकर्मीसँगको कुराकानीमा राख्नुभएको हो ।

ईयूका शक्तिशाली नेता म्याक्रोँ र मर्केल सम्झौताको समर्थनको पक्षमा हुनुहुन्छ तर उहाँहरूले सम्झौताका सन्दर्भमा नेदरल्याण्ड्स र उत्तरी यूरोपका अरु साना तर धनी राष्ट्रहरूको कडा विरोधको सामना गरिरहनुभएको छ ।

“गत साँझ हामीले सम्भावित सम्झौताको लागि खाका प्रस्तुत गरेका छौँ,” जर्मन चान्सलर मर्केलले भन्नुभयो । “यो एक कदम अगाडी हो र यसबाट कमसेकम सम्झौता सम्भव छ भन्ने आशा पलाएको छ । आज एउटा सहमतिमा पुग्न सकिनेछ ।”

"Janadeshdaily.com"

यो नेपाली भाषाको डिजीटल पत्रिका हो । हामी तपाइँहरु समक्ष छुट्टै दृष्टिकोण र स्वादका समाचार पस्किने प्रयासमा छौं । तपाइँको सल्लाह र सुझाव हाम्रालागि सधैं मार्गदर्शक रहनेछ । यो डिजिटल पत्रिका हेर्नुभएकोमा हार्दिक धन्यवाद । देश र दुनियाँको हरपल ताजा जानकारीसहितका समाचारका लागि जनादेश दैनिक । समाचार वा जानकारी छन् भने तत्काल पठाउनुस् हामी वृहत पाठकसमक्षक पुर्‍याउने छौं । समाचार, जानकारी वा तस्विर तथा भिडियो पठाउने इमेल ठेगाना- info@janadeshdaily.com

     
प्रतिक्रिया दिनुहोस्