प्रतितोला ३ सयले बढ्यो सुनको मूल्य – Janadesh Daily | ePaper

प्रतितोला ३ सयले बढ्यो सुनको मूल्य


काठमाडौँ ।

स्थानीय बजारमा आज सुनको मूल्य प्रतितोला रु ३०० ले उकालो लागेको छ । पछिल्ला दिनमा लगातार उकालो लागेको पहेंलो धातुको मूल्यमा आजको वृद्धिसँगै पुनः नयाँ उचाइमा पुगेको छ ।

प्रतितोला रु ९६ हजार ४०० मा मङ्गलबार कारोवार भएको छापावाला सुन आज रु ३०० ले वृद्धि भई रु ९६ हजार ७०० मा पुगेको छ । यस्तै तेजाबी सुन मङ्गलबार प्रतितोला रु ९५ हजार ९०० मा कारोवार भएकामा आज रु ९६ हजार २०० मा कारोवार हुने गरी मूल्य निर्धारण भएको छ । यसैगरी चाँदीमा भने प्रतितोला रु पाँचले उकालो लागेको छ ।

प्रतितोला रु एक हजार ३३५ मा मङ्गलबार कारोवार भएको चाँदी आज भने प्रतितोला रु एक हजार ३४० मूल्य निर्धारण भएको नेपाल सुन चाँदी व्यवसायी महासङ्घले जनाएको छ ।

"Janadeshdaily.com"

यो नेपाली भाषाको डिजीटल पत्रिका हो । हामी तपाइँहरु समक्ष छुट्टै दृष्टिकोण र स्वादका समाचार पस्किने प्रयासमा छौं । तपाइँको सल्लाह र सुझाव हाम्रालागि सधैं मार्गदर्शक रहनेछ । यो डिजिटल पत्रिका हेर्नुभएकोमा हार्दिक धन्यवाद । देश र दुनियाँको हरपल ताजा जानकारीसहितका समाचारका लागि जनादेश दैनिक । समाचार वा जानकारी छन् भने तत्काल पठाउनुस् हामी वृहत पाठकसमक्षक पुर्‍याउने छौं । समाचार, जानकारी वा तस्विर तथा भिडियो पठाउने इमेल ठेगाना- info@janadeshdaily.com

     
प्रतिक्रिया दिनुहोस्