ला लिगाः बार्साको संघर्षपूर्ण जितमा मेस्सीको दुई गोल – Janadesh Daily | ePaper

ला लिगाः बार्साको संघर्षपूर्ण जितमा मेस्सीको दुई गोल


एजेन्सी ।
लियोनल मेस्सीको दुई गोलको सहयोगमा बार्सिलोना विजयी भएको छ । स्पेनिस ला लिगा फुटबल अन्तर्गत बुधबार राति भएको खेलमा बार्सिलोनाले एथ्लेटिको बिल्बाओलाई ३–२ ले पराजित गरेको हो ।

बार्सिलोनाको जितमा मेस्सीले ३८ र ६२ औँ मिनेटमा गोल गरे । त्यसअघि १४ औँ मिनेटमा गोन्जालेजले गोल गरेका थिए ।

एथ्लेटिको बिल्बाओका लागि तेस्रो मिनेटमा विलियम्स तथा ९० औँ मिनेटमा मुनिएइनले गोल गरेका हुन् ।

जितपछि १७ खेलबाट ३१ अंक जोडेको बार्सिलोना तेस्रो स्थानमा पुगेको छ। १८ खेलबाट २१ अंकसहित एथ्लेटिको बिल्बाओ नवौँ स्थानमा छ ।

"Janadeshdaily.com"

यो नेपाली भाषाको डिजीटल पत्रिका हो । हामी तपाइँहरु समक्ष छुट्टै दृष्टिकोण र स्वादका समाचार पस्किने प्रयासमा छौं । तपाइँको सल्लाह र सुझाव हाम्रालागि सधैं मार्गदर्शक रहनेछ । यो डिजिटल पत्रिका हेर्नुभएकोमा हार्दिक धन्यवाद । देश र दुनियाँको हरपल ताजा जानकारीसहितका समाचारका लागि जनादेश दैनिक । समाचार वा जानकारी छन् भने तत्काल पठाउनुस् हामी वृहत पाठकसमक्षक पुर्‍याउने छौं । समाचार, जानकारी वा तस्विर तथा भिडियो पठाउने इमेल ठेगाना- info@janadeshdaily.com

     
प्रतिक्रिया दिनुहोस्