नाइजेरियामा भएको सडक दुर्घटनामा कम्तीमा २२ जनाको मृत्यु – Janadesh Daily | ePaper

नाइजेरियामा भएको सडक दुर्घटनामा कम्तीमा २२ जनाको मृत्यु


लागोस ।

 नाइजेरियामा भएको सडक दुर्घटनामा परी कम्तीमा पनि २२ जनाको ज्यान गएको छ । नाइजेरियाका दुई छुट्टाछुट्टै सडक दुर्घटनामा परी ती नागरिकको ज्यान गएको अधिकारीहरुले जानकारी दिएका छन् ।

प्राप्त समाचारमा नाइजेरियाको मध्य भागका दुई ठूला राजमार्गमा बुधबार सवारी दुर्घटना भएको थियो । नाइजेरियाको लोकोजा कागी राज्यमा बुधबार विहान सो दुर्घटना भएको थियो ।

त्यसमा परी १४ जनाको ज्यान गएको थियो । सो दुर्घटनामा परी ज्यान जानेमा ११ जना महिला र तीन पुरुष रहेका छन् । सो दुर्घटनामा परी अरु कैयौँ व्यक्ति घाइते पनि भएका छन् ।

त्यसैगरी नाइजेरियाको काबा क्षेत्रमा पनि यस्तै सवारी दुर्घटना भएको थियो । त्यसमा परी अरु आठ जना यात्रुको निधन भएको छ । ती दुर्घटनाहरुमा परी अरु २६ जना घाइते भएका छन् । उनीहरुलाई अस्पताल भर्ना गरिएको छ भने केहीको अवस्था गम्भीर रहेको पनि बताइएको छ ।

"Janadeshdaily.com"

यो नेपाली भाषाको डिजीटल पत्रिका हो । हामी तपाइँहरु समक्ष छुट्टै दृष्टिकोण र स्वादका समाचार पस्किने प्रयासमा छौं । तपाइँको सल्लाह र सुझाव हाम्रालागि सधैं मार्गदर्शक रहनेछ । यो डिजिटल पत्रिका हेर्नुभएकोमा हार्दिक धन्यवाद । देश र दुनियाँको हरपल ताजा जानकारीसहितका समाचारका लागि जनादेश दैनिक । समाचार वा जानकारी छन् भने तत्काल पठाउनुस् हामी वृहत पाठकसमक्षक पुर्‍याउने छौं । समाचार, जानकारी वा तस्विर तथा भिडियो पठाउने इमेल ठेगाना- info@janadeshdaily.com

     
प्रतिक्रिया दिनुहोस्