संसद विघटनविरुद्ध कांग्रेसको देशव्यापी विरोध – Janadesh Daily | ePaper

संसद विघटनविरुद्ध कांग्रेसको देशव्यापी विरोध


जनादेश, काठमाडौँ ।

नेपाली कांग्रेसले संसद विघटनविरुद्ध दोस्रो चरणको आन्दोलन अन्तर्गत देशका सबै प्रदेशका निर्वाचन क्षेत्रमा विरोध प्रर्दशन गर्दै खबरदारी गरेको छ ।

केन्द्रीय समितिको निर्णयअनुसार प्रदेशका ३ सय ३० वटै निर्वाचन क्षेत्रमा कांग्रेसले आज संसद विघटनविरुद्ध प्रर्दशन गरेको हो । विरोध कार्यक्रममा कांग्रेस नेताहरुले ५ बर्षका लागि जनमत पाएको नेकपाको केपी ओली नेतृत्वको सरकारले ३ बर्ष नपुग्दै संसद विघटन गर्नु असंवैधानिक भन्दै निर्णय सञ्चाउन दबाब दिएको हो ।

अहिलेको कोरोना महामारीको समयमा अर्बो खर्च हुने चुनाव घोषणा गरेर सरकारले गलत काम गरेको भन्दै अलोकतान्त्रिक र अनैतिक कदम भन्दै सच्चाउन माग गरेको छ । ३ बर्षमा ओली नेतृत्वको सरकारले गरेका गलत एवं भ्रष्ट्रचार, महँगी, वेथिति र विसङगतिको बारेमा कांग्रेसले खबरदारी गरेको छ । हरेक प्रदेश निर्वाचनमा क्षेत्रमा कांग्रेसका केन्द्रीय नेतादेखि स्थानीय नेताहरुलाइ उत्रारेर देशैभर एकसाथ विरोध गरेको छ ।

संसद पुनर्स्थापनाको मुद्दा सर्वोच्चमा विचाराधीन अबस्थामा रहेको भन्दै अदालतलाइ सम्मान गर्दै गलत कार्यको भण्डाफोर गर्न कांग्रेसले कार्यकर्तालाइ भनेको छ । चरणबद्ध आन्दोलनको घोषणा गरेको कांग्रेसले माघ ३ गते ७ सय ५३ वटै पालिका र माघ ८ गते सबै वडाहरुमा विरोध कार्यक्रम गर्ने निर्णय गरेको छ ।

यसअघि पुस १३ गते प्रतिनिधिसभाका १ सय ६५ वटै निर्वाचन क्षेत्रमा कांग्रेसले विरोध कार्यक्रम गर्दै असंवैधानिक कदम सच्चाउन माग गरेको थियो ।

"Janadeshdaily.com"

यो नेपाली भाषाको डिजीटल पत्रिका हो । हामी तपाइँहरु समक्ष छुट्टै दृष्टिकोण र स्वादका समाचार पस्किने प्रयासमा छौं । तपाइँको सल्लाह र सुझाव हाम्रालागि सधैं मार्गदर्शक रहनेछ । यो डिजिटल पत्रिका हेर्नुभएकोमा हार्दिक धन्यवाद । देश र दुनियाँको हरपल ताजा जानकारीसहितका समाचारका लागि जनादेश दैनिक । समाचार वा जानकारी छन् भने तत्काल पठाउनुस् हामी वृहत पाठकसमक्षक पुर्‍याउने छौं । समाचार, जानकारी वा तस्विर तथा भिडियो पठाउने इमेल ठेगाना- info@janadeshdaily.com

     
प्रतिक्रिया दिनुहोस्