संबिधानमाथिको कू सहन सकिन्न : कांग्रेस नेता सिंह – Janadesh Daily | ePaper

संबिधानमाथिको कू सहन सकिन्न : कांग्रेस नेता सिंह


जनादेश, काठमाडौँ ।

नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले संविधानमाथि प्रहार हुँदा कांग्रेस चुप लागेर बस्न नसक्ने बताएका छन् ।

प्रदेशसभाका ३ सय ३० क्षेत्रमा प्रदर्शन गर्ने कार्यक्रमअन्तर्गत आज काठमाडौंको विरोधसभामा नेता सिंहले प्रधानमन्त्रीले संविधानमाथि प्रहार गर्दा कांग्रेस चुप लागेर नबस्ने बताएका हुन् । प्रधानमन्त्रीले जबर्जस्त रुपमा अधिकार दुरुपयोग गरेर प्रतिनिधिसभा भंग गर्नु संवैधानिक कु भएको उनले बताए ।

असंवैधानिक कदम चाल्ने प्रधानमन्त्रीले घोषणा गरेको चुनाव कुनैपनि तरिकाले हुन नसक्ने उनले बताए । दुई तिहाईको सरकार भन्ने तर संसदमा विश्वासको मत लिन नसक्ने सरकारले कसरी चुनावबाट जनताको मत लिन सक्छ भन्दै प्रश्न पनि उनले गरे ।

"Janadeshdaily.com"

यो नेपाली भाषाको डिजीटल पत्रिका हो । हामी तपाइँहरु समक्ष छुट्टै दृष्टिकोण र स्वादका समाचार पस्किने प्रयासमा छौं । तपाइँको सल्लाह र सुझाव हाम्रालागि सधैं मार्गदर्शक रहनेछ । यो डिजिटल पत्रिका हेर्नुभएकोमा हार्दिक धन्यवाद । देश र दुनियाँको हरपल ताजा जानकारीसहितका समाचारका लागि जनादेश दैनिक । समाचार वा जानकारी छन् भने तत्काल पठाउनुस् हामी वृहत पाठकसमक्षक पुर्‍याउने छौं । समाचार, जानकारी वा तस्विर तथा भिडियो पठाउने इमेल ठेगाना- info@janadeshdaily.com

     
प्रतिक्रिया दिनुहोस्