ला लिगाः शीर्ष स्थानको दाबेदार रियल मड्रिड पुछारको टिमसँग बराबरीमा रोकियो – Janadesh Daily | ePaper

ला लिगाः शीर्ष स्थानको दाबेदार रियल मड्रिड पुछारको टिमसँग बराबरीमा रोकियो


एजेन्सी ।

स्पेनिस ला लिगा फुटबल शीर्ष स्थानको होडमा रहेको रियल मड्रिड रेलिगेशनबाट जोगिन संघर्षरत ओसासुनासँग गोलरहित बराबरीमा रोकिएको छ ।

अन्तर्गत शनिबार राति भएको खेलमा रियल मड्रिडले ओसासुनामाथि जित निकाल्न नसकेको हो । अवे मैदानमा भएको खेलमा गोल गर्ने केही मौका बनाए पनि रियल मड्रिडले खाता खोल्न सकेन ।

फिलोमिना आँधीका कारण खेल हुने–नहुने अन्तिम समयसम्म निश्चित भएको थिएन, तर मैदानमा जमेको हिउँ पन्छ्यार खेल भयो ।
रियल मड्रिडका करिम बेन्जिमा र सर्जियो रामेसले गोल गरेका थिए, तर ती गोलले मान्यता पाएनन् ।

बराबरीपछि रियल मड्रिड १८ खेलबाट ३७ अंकसहित दोस्रो स्थानमा छ । १५ खेलबाट ३८ अंकसहित एथ्लेटिको मड्रिड शीर्ष स्थानमा कायम छ । ओसासुना १७ खेलबाट १५ अंक जोडेर पुछारबाट दोस्रो स्थानमा छ ।

"Janadeshdaily.com"

यो नेपाली भाषाको डिजीटल पत्रिका हो । हामी तपाइँहरु समक्ष छुट्टै दृष्टिकोण र स्वादका समाचार पस्किने प्रयासमा छौं । तपाइँको सल्लाह र सुझाव हाम्रालागि सधैं मार्गदर्शक रहनेछ । यो डिजिटल पत्रिका हेर्नुभएकोमा हार्दिक धन्यवाद । देश र दुनियाँको हरपल ताजा जानकारीसहितका समाचारका लागि जनादेश दैनिक । समाचार वा जानकारी छन् भने तत्काल पठाउनुस् हामी वृहत पाठकसमक्षक पुर्‍याउने छौं । समाचार, जानकारी वा तस्विर तथा भिडियो पठाउने इमेल ठेगाना- info@janadeshdaily.com

     
प्रतिक्रिया दिनुहोस्