एफए कप फुटबलः लेस्टर सिटी र आर्सनल चौथो चरणमा – Janadesh Daily | ePaper

एफए कप फुटबलः लेस्टर सिटी र आर्सनल चौथो चरणमा


एजेन्सी ।

लेस्टर सिटी र आर्सनल एफए कप फुटबलको चौथो चरणमा प्रवेश गरेका छन् । शनिबार राति भएको खेलमा लेस्टर सिटीले स्टोक सिटीमाथि ४–० ले पराजित गरेको हो ।

अवे मैदानमा भएको खेलमा लेस्टर सिटीका लागि ३४ औँ मिनेटमा जस्टिन, ५९ औँ मिनेटमा अब्राइग्टन, ७९ औँ मिनेटमा पेरेज र ८१ औँ मिनेटमा बार्नेसले गोल गरेका हुन् ।

यस्तै अर्को खेलमा आर्सनलले न्यूक्यासल युनाइटेडलाई २–० ले पराजित गरेको हो । आर्सनलले अतिरिक्त समयमा गोल गरेर जित निकालेको हो । उसका लागि १०९ औँ मिनेटमा स्मिथ रोव र ११७ औँ मिनेटमा पियर एमरिकले गोल गरेका हुन् ।

"Janadeshdaily.com"

यो नेपाली भाषाको डिजीटल पत्रिका हो । हामी तपाइँहरु समक्ष छुट्टै दृष्टिकोण र स्वादका समाचार पस्किने प्रयासमा छौं । तपाइँको सल्लाह र सुझाव हाम्रालागि सधैं मार्गदर्शक रहनेछ । यो डिजिटल पत्रिका हेर्नुभएकोमा हार्दिक धन्यवाद । देश र दुनियाँको हरपल ताजा जानकारीसहितका समाचारका लागि जनादेश दैनिक । समाचार वा जानकारी छन् भने तत्काल पठाउनुस् हामी वृहत पाठकसमक्षक पुर्‍याउने छौं । समाचार, जानकारी वा तस्विर तथा भिडियो पठाउने इमेल ठेगाना- info@janadeshdaily.com

     
प्रतिक्रिया दिनुहोस्