सर्वजनिक शंसय निवारण गर्न बेलायतकी महारानी र राजकुमारले लगाए कोरोना खोप – Janadesh Daily | ePaper

सर्वजनिक शंसय निवारण गर्न बेलायतकी महारानी र राजकुमारले लगाए कोरोना खोप


एजेन्सी ।

बेलायतकी महारानी एलिजावेथ द्वितिया र उनका पति राजकुमार फिलिपले कोरोनाविरुद्धको खोप लगाएका छन् । विन्डसोर क्यासलमै महामारी र उनका पतिले कोरोनाको पहिलो डोज खोप लिएको बकिङघम दरबारले जनाएको छ ।

बेलायतमा कोरोनाविरुद्धको खोप गत महिनादेखि नै वितरण सुरु गरिए पनि ९४ वर्षीया महारानी र ९९ वर्षीय राजकुमार फिलिपले आफ्नो पालो पर्खिएरै खोप लगाएका हुन् ।

खोपका लागि बेलायत सरकारले निर्धारण गरेको प्राथमिकताअनुसार ८० वर्षमाथिको उमेर समूहको पालोमा उनीहरुले खोप लिएका हुन् ।

खोपका विषयमा सर्वसाधारणमा कुनै आशंका र अन्योल बाँकी नरहोस् भन्ने उद्धेश्यले महारानीले खोप लगाएको सूचना सार्वजनिक गरिएको दरबारले जनाएको छ।

"Janadeshdaily.com"

यो नेपाली भाषाको डिजीटल पत्रिका हो । हामी तपाइँहरु समक्ष छुट्टै दृष्टिकोण र स्वादका समाचार पस्किने प्रयासमा छौं । तपाइँको सल्लाह र सुझाव हाम्रालागि सधैं मार्गदर्शक रहनेछ । यो डिजिटल पत्रिका हेर्नुभएकोमा हार्दिक धन्यवाद । देश र दुनियाँको हरपल ताजा जानकारीसहितका समाचारका लागि जनादेश दैनिक । समाचार वा जानकारी छन् भने तत्काल पठाउनुस् हामी वृहत पाठकसमक्षक पुर्‍याउने छौं । समाचार, जानकारी वा तस्विर तथा भिडियो पठाउने इमेल ठेगाना- info@janadeshdaily.com

     
प्रतिक्रिया दिनुहोस्