ला लिगामा बार्साको शानदार जित, मेस्सी र मेस्सी र ग्रिजम्यानको गोल – Janadesh Daily | ePaper

ला लिगामा बार्साको शानदार जित, मेस्सी र मेस्सी र ग्रिजम्यानको गोल


एजेन्सी ।

स्पेनिस फुटबल जाइन्ट बार्सिलोनाले ला लिगामा सानदार जित दर्ता गरेको छ । लियोनल मेस्सी र एन्टोनी ग्रिजम्यानको दुई–दुई गोलको सहयोगमा बार्साले यो जित निकालेको हो ।

लिग अन्तर्गत शनिबार राति भएको खेलमा बार्साले १० खेलाडीमा सीमित भएको ग्रानाडालाई ४–० ले पराजित गर्‍यो ।

पहिलो हाफमा तीन गोल गरेको बार्सिलोनाले दोस्रो हाफमा थप एक गोल गरेको हो । उसका लागि ग्रिजम्यानले १२ र ६३ औँ तथा मेस्सीले ३५ र ४२ औँ मिनेटमा गोल गरे ।

७८ औँ मिनेटमा भालेजो सीधै रातो कार्ड पाएर मैदानबाट बाहिरिएपछि ग्रानाडा १० खेलाडीमा सीमित भयो ।

जितपछि तेस्रो स्थानमा उक्लिएको बार्सिलोनाको १८ खेलबाट ३४ अंक भएको छ । १७ खेलबाट २४ अंकसहित ग्रानाडा सातौँ स्थानमा छ ।

"Janadeshdaily.com"

यो नेपाली भाषाको डिजीटल पत्रिका हो । हामी तपाइँहरु समक्ष छुट्टै दृष्टिकोण र स्वादका समाचार पस्किने प्रयासमा छौं । तपाइँको सल्लाह र सुझाव हाम्रालागि सधैं मार्गदर्शक रहनेछ । यो डिजिटल पत्रिका हेर्नुभएकोमा हार्दिक धन्यवाद । देश र दुनियाँको हरपल ताजा जानकारीसहितका समाचारका लागि जनादेश दैनिक । समाचार वा जानकारी छन् भने तत्काल पठाउनुस् हामी वृहत पाठकसमक्षक पुर्‍याउने छौं । समाचार, जानकारी वा तस्विर तथा भिडियो पठाउने इमेल ठेगाना- info@janadeshdaily.com

     
प्रतिक्रिया दिनुहोस्