स्पेनिस ला लिगाः एथ्लेटिको मड्रिडले अग्रता बढायो – Janadesh Daily | ePaper

स्पेनिस ला लिगाः एथ्लेटिको मड्रिडले अग्रता बढायो


एजेन्सी ।

स्पेनिस ला लिगाका फुटबलमा लिडर एथ्लेटिको मड्रिडले अग्रता बढाएको छ । मंगलबार राति घरेलु मैदानमा भएको खेलमा एथ्लेटिको मड्रिडले सेभिल्लालाई २–० ले पराजित गरेको हो ।

एथ्लेटिकोलाई जिताउन १७ औँ मिनेटमा एन्जल कोरिया र ७६ औँ मिनेटमा साउल निगुएजले गोल गरेका हुन् । जितपछि शीर्ष स्थानको एथ्लेटिको मड्रिडको १६ खेलबाट ४१ अंक भएको छ ।

दोस्रो स्थानको रियल मड्रिड १८ खेलबाट ३७ अंक छ । सेभिल्ला १७ खेलबाट ३० अंकसहित छैटौँ स्थानमा छ । अर्को खेलमा ग्रानाडाले ओसासुनालाई २–० ले पराजित गरेको छ ।

"Janadeshdaily.com"

यो नेपाली भाषाको डिजीटल पत्रिका हो । हामी तपाइँहरु समक्ष छुट्टै दृष्टिकोण र स्वादका समाचार पस्किने प्रयासमा छौं । तपाइँको सल्लाह र सुझाव हाम्रालागि सधैं मार्गदर्शक रहनेछ । यो डिजिटल पत्रिका हेर्नुभएकोमा हार्दिक धन्यवाद । देश र दुनियाँको हरपल ताजा जानकारीसहितका समाचारका लागि जनादेश दैनिक । समाचार वा जानकारी छन् भने तत्काल पठाउनुस् हामी वृहत पाठकसमक्षक पुर्‍याउने छौं । समाचार, जानकारी वा तस्विर तथा भिडियो पठाउने इमेल ठेगाना- info@janadeshdaily.com

     
प्रतिक्रिया दिनुहोस्