म्यानचेस्टर युनाइटेड प्रिमियर लिगको शीर्ष स्थानमा – Janadesh Daily | ePaper

म्यानचेस्टर युनाइटेड प्रिमियर लिगको शीर्ष स्थानमा


एजेन्सी ।

म्यानचेस्टर युनाइटेड इंग्लिस प्रिमियर लिग फुटबलको शीर्ष स्थानमा पुगेको छ । लिग अन्तर्गत मंगलबार राति भएको खेलमा म्यानचेस्टर युनाइटेडले बर्नलीलाई १–० ले पराजित गरेको हो ।

अवे मैदानमा भएको खेलमा ७१ औँ मिनेटमा पउल पोग्बाले गोल गरेर टिमलाई जित दिलाएका हुन् ।

सो गोलका लागि मार्कस राशफोर्डले सहयोग गरेका हुन् । जितपछि शीर्ष स्थानमा पुगेको १७ खेलबाट ३६ अंक भएको छ । दोस्रो स्थानको लिभरपुलको ३३ अंक छ ।

लिग अन्तर्गत मंगलबार राति भएका अरु खेलमा एभर्टनले वुल्भ्सलाई २–१ तथा शेफिल्ड युनाइटेडले न्यूक्यासललाई १–० ले पराजित गरेका छन् ।

"Janadeshdaily.com"

यो नेपाली भाषाको डिजीटल पत्रिका हो । हामी तपाइँहरु समक्ष छुट्टै दृष्टिकोण र स्वादका समाचार पस्किने प्रयासमा छौं । तपाइँको सल्लाह र सुझाव हाम्रालागि सधैं मार्गदर्शक रहनेछ । यो डिजिटल पत्रिका हेर्नुभएकोमा हार्दिक धन्यवाद । देश र दुनियाँको हरपल ताजा जानकारीसहितका समाचारका लागि जनादेश दैनिक । समाचार वा जानकारी छन् भने तत्काल पठाउनुस् हामी वृहत पाठकसमक्षक पुर्‍याउने छौं । समाचार, जानकारी वा तस्विर तथा भिडियो पठाउने इमेल ठेगाना- info@janadeshdaily.com

     
प्रतिक्रिया दिनुहोस्