कोरोना महामारीः एकैदिन साढे ६ लाख थपिए, साढे १५ हजार संक्रमितको मृत्यु – Janadesh Daily | ePaper

कोरोना महामारीः एकैदिन साढे ६ लाख थपिए, साढे १५ हजार संक्रमितको मृत्यु


एजेन्सी ।

गत २४ घण्टामा सबैभन्दा धेरै १५ हजार ५ सय कोरोना संक्रमितको मृत्यु भएको छ । सोही अवधिमा ६ लाख ५१ हजार ५२९ संक्रमित थपिएका छन् ।

विश्वमा कोरोनाबाट मृत्यु हुनेको संख्या १९ लाख ६८ हजार ४१६ पुगेको छ । त्यस्तै अहिलेसम्म ९ करोड १९ लाख ७६ हजार ९८० जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।

सक्रिय संक्रमित २ करोड ४२ लाख ७ हजार ८८२ जनाको होम तथा संस्थागत आइसोलेसन र विभिन्न अस्पतालमा उपचार भइरहेको छ । उपचाररत १ लाख १० हजार ८६ जनाको स्वास्थ्य अवस्था गम्भीर रहेको छ । अहिलेसम्म ६ करोड ५८ लाख ६८२ जनाले कोरोनालाई जितेका छन् ।

सबैभन्दा धेरै संक्रमण फैलिएको अमेरिकामा आज एकै दिन ४ हजार ८५ जनाले ज्यान गुमाएका छन् । योसँगै अमेरिकामा कोरोनाबाट मृत्यु हुनेको संख्या ३ लाख ८९ हजार ४२५ पुगेको छ ।

एकैदिन २ लाख १२ हजार ४०४ जना संक्रमित थपिएका छन् । अब अमेरिकामा संक्रमितको संख्या २ करोड ३३ लाख ५८ हजार ५०८ पुगेको छ । सक्रिय संक्रमितको संख्या ९१ लाख ५७ हजार ९१७ छ । २९ हजार २१६ जनाको स्वास्थ्य अवस्था गम्भीर छ ।

कोरोनाबाट धेरै प्रभावित भएका मुलुकहरू मेक्सिकोमा एक लाख ३४ हजार ३६८, बेलायतमा ८३ हजार २०३, इटलीमा ७९ हजार ८१९, फ्रान्समा ६८ हजार ८०२, स्पेनमा ५२ हजार ६८३, इरानमा ५६ हजार ३६०, अर्जेन्टिनामा ४४ हजार ८४८, कोलम्बियामा ४६ हजार ७८२ तथा रसियामा ६२ हजार ८०२ जनाको मृत्यु भएको तथ्यांक छ।

"Janadeshdaily.com"

यो नेपाली भाषाको डिजीटल पत्रिका हो । हामी तपाइँहरु समक्ष छुट्टै दृष्टिकोण र स्वादका समाचार पस्किने प्रयासमा छौं । तपाइँको सल्लाह र सुझाव हाम्रालागि सधैं मार्गदर्शक रहनेछ । यो डिजिटल पत्रिका हेर्नुभएकोमा हार्दिक धन्यवाद । देश र दुनियाँको हरपल ताजा जानकारीसहितका समाचारका लागि जनादेश दैनिक । समाचार वा जानकारी छन् भने तत्काल पठाउनुस् हामी वृहत पाठकसमक्षक पुर्‍याउने छौं । समाचार, जानकारी वा तस्विर तथा भिडियो पठाउने इमेल ठेगाना- info@janadeshdaily.com

     
प्रतिक्रिया दिनुहोस्