तराइपछि काठमाडौंमा पनि हुस्सु, यस्तो छ मौसमी भविष्यवाणी – Janadesh Daily | ePaper

तराइपछि काठमाडौंमा पनि हुस्सु, यस्तो छ मौसमी भविष्यवाणी


जनादेश अपडेट ।

आज देशका अधिकांश भागको मौसम आंशिकदेखि सामान्य बदली हुने सम्भावना रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

अहिले देशमा कुनै उल्लेखनीय मौसमी प्रणालीको प्रभाव नरहे पनि स्थानीय वायुको प्रभावका कारण केही क्षेत्रको मौसम प्रभावित भएको हो ।

हाल देशको पहाडी भू–भागमा आंशिक बदली भएको छ भने तराई भू–भागमा हुस्सु–कुहिरो लागेको छ ।

बुधबार दिउँसो प्रदेश १, प्रदेश २, बागमती प्रदेश, गण्डकी प्रदेश र लुम्बिनी प्रदेशमा आंशिकदेखि सामान्य बदली रही देशका अन्य क्षेत्रको मौसम सामान्यतया सफा रहनेछ ।

प्रदेश १ र गण्डकी प्रदेशको एक–दुई स्थानमा हल्का वर्षाको सम्भावना रहेको मौसमविदले बताएका छन् ।

यस्तै राति प्रदेश १, प्रदेश २, बागमती प्रदेश, गण्डकी प्रदेश र लुम्बिनी प्रदेशमा आंशिकदेखि सामान्य बदली रही सुदूरपश्चिम प्रदेशको तराईका भू–भागमा आंशिक बदली रहनुका साथै देशका अन्य क्षेत्रको मौसम सामान्यतया सफा रहनेछ ।

प्रदेश १ र गण्डकी प्रदेशको एक–दुई स्थानमा हल्का वर्षाको सम्भावना रहेको मौसमविदले बताएका छन् ।

देशको विभिन्न भू–भागमा तापक्रममा हल्का गिरावट आउनुको साथै तराईका धेरै भू–भागहरुमा बिहानको समयमा बाक्लो हुस्सु–कुहिरो समेत लाग्ने भएकाले चिसोबाट बच्न आवश्यक सतर्कता अपनाउन मौसमविदले आग्रह गरेका छन् ।

"Janadeshdaily.com"

यो नेपाली भाषाको डिजीटल पत्रिका हो । हामी तपाइँहरु समक्ष छुट्टै दृष्टिकोण र स्वादका समाचार पस्किने प्रयासमा छौं । तपाइँको सल्लाह र सुझाव हाम्रालागि सधैं मार्गदर्शक रहनेछ । यो डिजिटल पत्रिका हेर्नुभएकोमा हार्दिक धन्यवाद । देश र दुनियाँको हरपल ताजा जानकारीसहितका समाचारका लागि जनादेश दैनिक । समाचार वा जानकारी छन् भने तत्काल पठाउनुस् हामी वृहत पाठकसमक्षक पुर्‍याउने छौं । समाचार, जानकारी वा तस्विर तथा भिडियो पठाउने इमेल ठेगाना- info@janadeshdaily.com

     
प्रतिक्रिया दिनुहोस्