प्रजातन्त्रका लागी जीवन आहुति दिएका थिए बि.पी कोइरालालेः सभापति देउवा – Janadesh Daily | ePaper

प्रजातन्त्रका लागी जीवन आहुति दिएका थिए बि.पी कोइरालालेः सभापति देउवा


जनादेश, काठमाण्डौ ।

राष्ट्रियता, प्रजातन्त्र र समाजवाद स्थापनाका लागि राजनीतिक नेतृत्व प्रदान गरेका बीपी कोइरालाको नेपाली साहित्यमा पनि विशिष्ट योगदान छ । राजनीतिज्ञ,विचारक विश्वेश्वरप्रसाद कोइरालाको ३८औँ स्मृति दिवस आज देशभर विभिन्न कार्यक्र गरी मनाइँदैछ ।

वीपीको ३८ औं स्मृति दिवसमा कांग्रेसको प्रचार विभागले मंगलबार गरेको कार्यक्रममा सभापति देउवाले वीपी राष्ट्रवादी, समाजवादी र प्रजातन्त्रवादी रहेको बताए।

आफ्नो ज्यान जोखिममा राखेर पनि वीपी मेलमिलापको नीतिअनुसार नेपाल फर्केको उल्लेख गर्दै देउवाले थपे, ‘उहाँ ज्यान जोखिममा राखेर पनि नेपाल फर्किनुभएको थियो। उहाँका बारे वर्णन गरिसाध्य छैन। उहाँ लोकतन्त्रका लागि लडेको नेता हो।’

वीपीले आफ्नो जीवनकालमा लोकतन्त्रका लागि लडाइँ लडेको उल्लेख गर्दै देउवाले वीपीले तय गरेको बाटोमा पार्टी अगाडि बढिराखेको बताए।

यसैगरी काँग्रेस महामन्त्री डा शशाङ्क कोइरालाले बिपीले नैतिकता बिनाको राजनीतिले कहीँकतै पु¥याउँदैन भन्ने गर्नुभएको स्मरण गर्दै राजनीतिमा पहिलो अनिवार्य योग्यता नै नैतिकता भएको उल्लेख गर्नुुभएको छ । उहाँले राष्ट्रियता र प्रजातन्त्र एक अर्काका पूरक भएको र राष्ट्र हित चाहने शक्ति एक भएर राष्ट्रियता र प्रजातन्त्रको संरक्षण गर्दै समाजवादमा बिपीको विचार अझ फैलाउन उच्च नैतिकता र गम्भीरताका साथ अघि बढ्नु आजको आवश्यकता हो भन्नुभएको छ ।

बिपी राजनेता, कथाकार, उपन्यासकारका साथै कला साहित्य र सङ्गीतमा समेत लगाव भएको बहुआयामिक व्यक्तित्वका धनी हुनुहुन्थ्यो । उहाँले सदैव आफूभन्दा पार्टी, पार्टीभन्दा देशलाई महत्व दिने संस्कारको विकास गर्नुभएको थियो । काँग्रेसले आज देशैभर विभिन्न कार्यक्रम गरी बिपीको ३८औँ स्मृति दिवस मनाइरहेको छ ।

तर बि.पी.कोइरालाको सोँच र भावना अनुरुप नेपाली कांग्रेस पाटी नचलेको सरोकारवालाहरु बताउँछन् ।

 

 

"Janadeshdaily.com"

यो नेपाली भाषाको डिजीटल पत्रिका हो । हामी तपाइँहरु समक्ष छुट्टै दृष्टिकोण र स्वादका समाचार पस्किने प्रयासमा छौं । तपाइँको सल्लाह र सुझाव हाम्रालागि सधैं मार्गदर्शक रहनेछ । यो डिजिटल पत्रिका हेर्नुभएकोमा हार्दिक धन्यवाद । देश र दुनियाँको हरपल ताजा जानकारीसहितका समाचारका लागि जनादेश दैनिक । समाचार वा जानकारी छन् भने तत्काल पठाउनुस् हामी वृहत पाठकसमक्षक पुर्‍याउने छौं । समाचार, जानकारी वा तस्विर तथा भिडियो पठाउने इमेल ठेगाना- info@janadeshdaily.com

     
प्रतिक्रिया दिनुहोस्