फुटेको नेकपामा रमिता देखेर खगेन्द्र संग्रौलाले हाने प्रचण्ड र ओलीलाई झटारो – Janadesh Daily | ePaper

फुटेको नेकपामा रमिता देखेर खगेन्द्र संग्रौलाले हाने प्रचण्ड र ओलीलाई झटारो


जनादेश सोसल मिडिया वाच ।

लेखक एवं साहित्यकार खगेन्द्र संग्रौलाले नेपाल कम्युनिष्ट पार्टी नेकपा विभाजन भएर चिरा चिरा भैसक्दा पनि एकताको स्वाङ् गरेको भन्दै दुवै घटकप्रति व्यङ्ग्य गरेका छन् ।

प्रधानमन्त्री केपी ओलीले अहिले पनि पार्टी नफुटेको दाबी गर्दै पुष्पकमल दाहाल प्रचण्ड र माधव नेपाल समेत आफ्नै पार्टीमा रहेको दाबी गरिरहनु र प्रचण्ड नेपालले पनि ओलीसँग अझै पनि स्पष्टिकरण सोध्ने स्वाङ गरिरहनु रमिता भएको उनको टिप्पणी छ ।

उनले ट्वीटरमा लेखेका छन्, ” पार्टी फुटेर नाङ्ङा आँखाले देख्ने गरी दुई चिरा भइसक्यो,ओली आफ्ना गुटकाको दुई नम्बर अध्यक्ष पुष्पकमलै छन् भनेर ढाँट्दैछन्। उता पीके-माकुने केपीमाथि अनुशासनको कार्बाइ गर्ने पत्र जारी गरेर ढाँट्दै छन् । हैट्,ढाँट्ने कपटविरूध्द ढाँट्ने कपट गरेर पीके-माकुने पनि ओलीविरुद्ध ओली पथमा!

सोमबारमात्र नेकपा बहुमतले प्रधानमन्त्री केपी ओलीलाई थप कारवाहीको चेतावनी दिएको छ । यसअघि नेकपाले ओलीलाई अध्यक्ष पदबाट हटाएको थियो । सोमबार स्पस्टिकरण सोध्दै पार्टीविरोधी गतिविधि जारी राखेकाले साधारण सदस्यसमेत नरहने गरी कारवाही गर्ने चेतावनी दिइएको हो ।

अध्यक्षद्वय पुष्पकमल दाहाल प्रचण्ड र माधवकुमार नेपालद्वारा हस्ताक्षरित पत्रमा तीन दिनभित्र चित्तबुझ्दो जवाफ नदिए थप कारवाही गर्ने जनाइएको छ । पत्रमा ओलीले संविधानको ठाडो उल्लंघन गरी प्रतिनिधिसभा विघटन गर्नुका साथै पार्टी अनुशासन नाघेकाले थप कारवाही गर्ने जनाइएको छ ।

माघ २ गतेको स्थायी कमिटी बैठकले ‘साधारण सदस्यबाट समेत किन नहटाउने ?’ भनी गरेको निर्णय स्मरण गराउँदै अध्यक्षबाट हटाइसकेपछि पनि पार्टी निर्णय नाघेर अध्यक्षकै हैसियतमा प्रस्तुत भएको र पार्टी विरोधी गतिविधि जारी राखेकाले स्पस्टिकरण सोधिएको पत्रमा उल्लेख छ ।

पार्टी एक रहेको देखाउन खोज्ने दुवै पक्षका तिकडमप्रति खगेन्द्रले व्यङ्ग्य कसेका हुन् ।

"Janadeshdaily.com"

यो नेपाली भाषाको डिजीटल पत्रिका हो । हामी तपाइँहरु समक्ष छुट्टै दृष्टिकोण र स्वादका समाचार पस्किने प्रयासमा छौं । तपाइँको सल्लाह र सुझाव हाम्रालागि सधैं मार्गदर्शक रहनेछ । यो डिजिटल पत्रिका हेर्नुभएकोमा हार्दिक धन्यवाद । देश र दुनियाँको हरपल ताजा जानकारीसहितका समाचारका लागि जनादेश दैनिक । समाचार वा जानकारी छन् भने तत्काल पठाउनुस् हामी वृहत पाठकसमक्षक पुर्‍याउने छौं । समाचार, जानकारी वा तस्विर तथा भिडियो पठाउने इमेल ठेगाना- info@janadeshdaily.com

     
प्रतिक्रिया दिनुहोस्