मन्त्रिपरिषद् बैठकले ३ सचिवको सरुवा, नयाँ २ सचिवको पदस्थापन – Janadesh Daily | ePaper

मन्त्रिपरिषद् बैठकले ३ सचिवको सरुवा, नयाँ २ सचिवको पदस्थापन


जनादेश, काठमाण्डौ ।

सरकारले ३ सचिवको सरुवा र नयाँ २ सचिवको पदस्थापन गरेको गरेको छ । सोमबार साँझ बसेको मन्त्रिपरिषद् बैठकले ३ सचिवको सरुवा र नयाँ २ सचिवको पदस्थापन गरेको हो ।

प्रशासन श्रोतलाई प्राप्त प्रारम्भिक सूची अनुसार बैठकले गण्डकी प्रदेशका प्रमुख सचिव हरिप्रसाद बस्याललाई सञ्चार तथा सूचना प्रविधि मन्त्रालय, बाग्मती प्रदेशका प्रमुख सचिव तोयम रायलाई श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयमा सरुवा गरेको छ ।

त्यसै गरी युवा तथा खेलकुद मन्त्रालयका सचिव रामप्रसाद थपलियालाई शिक्षा मन्त्रालयको सचिवमा सरुवा गरेको छ ।

त्यस्तै केही दिन अघि बढुवा गरेका विष्णु नेपाललाई गण्डकी प्रदेशको प्रमुख सचिव र मान बहादुर विकलाई बाग्मती प्रदेशको प्रमुख सचिवमा सरुवा गर्ने निर्णय गरेको छ

"Janadeshdaily.com"

यो नेपाली भाषाको डिजीटल पत्रिका हो । हामी तपाइँहरु समक्ष छुट्टै दृष्टिकोण र स्वादका समाचार पस्किने प्रयासमा छौं । तपाइँको सल्लाह र सुझाव हाम्रालागि सधैं मार्गदर्शक रहनेछ । यो डिजिटल पत्रिका हेर्नुभएकोमा हार्दिक धन्यवाद । देश र दुनियाँको हरपल ताजा जानकारीसहितका समाचारका लागि जनादेश दैनिक । समाचार वा जानकारी छन् भने तत्काल पठाउनुस् हामी वृहत पाठकसमक्षक पुर्‍याउने छौं । समाचार, जानकारी वा तस्विर तथा भिडियो पठाउने इमेल ठेगाना- info@janadeshdaily.com

     
प्रतिक्रिया दिनुहोस्