लोकतन्त्र र राष्ट्रियताका पक्षमा सबै दल एक जुट हुनुपर्छ ः डा कोइराला – Janadesh Daily | ePaper

लोकतन्त्र र राष्ट्रियताका पक्षमा सबै दल एक जुट हुनुपर्छ ः डा कोइराला


Dr.-Shekhar-Koirala

विराटनगर,  (रासस) ः

नेपाली कांग्रेसका केन्द्रीय सदस्य डा शेखर कोइरालाले लोकतन्त्र र राष्ट्रियताका पक्षमा सबै दल एक जुट हुनुपर्ने बताउनुभएको छ ।

बिपी स्मृति दिवसका अवसरमा गुराँस पुस्तकालयले विराटनगरमा आज आयोजना गरेको वृक्षरोपण कार्यक्रममा उहाँले मुलुुकको राष्ट्रियता अहिले सङ्कटमा परेकाले राष्ट्रियता, लोकतन्त्र तथा राजनीतिक स्थायित्वका लागि बिपी कोइरालाको विचार आज पनि महत्वपूर्ण रहेको बताउनुभयो ।

नेता कोइरालाले दलका राजनीतिक आस्था र विचार फरकफरक भए पनि राष्ट्रियताका पक्षमा भने सबै दल एकजुट हुनुपर्नेमा जोड दिनुभयो ।

पुस्तकालयका अध्यक्ष दीपक चापागाईंले बिपी देखाएको बाटामा काँग्रेस अगाडि बढ्नुपर्ने बताउनुभयो ।

"Janadeshdaily.com"

यो नेपाली भाषाको डिजीटल पत्रिका हो । हामी तपाइँहरु समक्ष छुट्टै दृष्टिकोण र स्वादका समाचार पस्किने प्रयासमा छौं । तपाइँको सल्लाह र सुझाव हाम्रालागि सधैं मार्गदर्शक रहनेछ । यो डिजिटल पत्रिका हेर्नुभएकोमा हार्दिक धन्यवाद । देश र दुनियाँको हरपल ताजा जानकारीसहितका समाचारका लागि जनादेश दैनिक । समाचार वा जानकारी छन् भने तत्काल पठाउनुस् हामी वृहत पाठकसमक्षक पुर्‍याउने छौं । समाचार, जानकारी वा तस्विर तथा भिडियो पठाउने इमेल ठेगाना- info@janadeshdaily.com

     
प्रतिक्रिया दिनुहोस्