आधिकारिक नेकपा कुन्ः दुवै पक्षको जवाफपछि पनि आयोग किन मौन – Janadesh Daily | ePaper

आधिकारिक नेकपा कुन्ः दुवै पक्षको जवाफपछि पनि आयोग किन मौन


जनादेश मिडिया वाच ।

नेकपाको दुवै पक्षले पार्टीमा गरेको हेरफेरको विवरण अद्यावधिकका लागि दिएको निवेदनउपर आयोगले अझैसम्म केही निर्णय लिएको छैन । आयोगले पुस २३ मा दुवै पक्षलाई ७ दिनको समय दिएर थप स्पष्टताको माग गर्दै पत्र पठाएको थियो ।

प्रधानमन्त्री एवम् पार्टी अध्यक्ष केपी ओली तथा अर्का अध्यक्ष पुष्पकमल दाहाल र माधवकुमार नेपाल पक्षले पुस २९ मा आयोगलाई जवाफ पठाएका थिए । आयोगलाई पठाएको जवाफमा दुवै पक्षले आफ्नो समूहले बोलाएको केन्द्रीय कमिटी बैठक र त्यसले गरेका निर्णय वैधानिक रहेको दाबी गरेका छन् ।

दुवैले आफ्नो पक्षको निर्णयलाई आधिकारिक मान्न र त्यसैअनुसारको विवरण दल दर्ता किताबमा अद्यावधिक गरिदिन माग दाबी गरेका छन् ।

दुवै पक्षबाट जवाफ आएको साता नाघिसकेको छ तर आयोगले निर्णय दिएको छैन ।

कान्तिपुर दैनिकबाट साभार ।

"Janadeshdaily.com"

यो नेपाली भाषाको डिजीटल पत्रिका हो । हामी तपाइँहरु समक्ष छुट्टै दृष्टिकोण र स्वादका समाचार पस्किने प्रयासमा छौं । तपाइँको सल्लाह र सुझाव हाम्रालागि सधैं मार्गदर्शक रहनेछ । यो डिजिटल पत्रिका हेर्नुभएकोमा हार्दिक धन्यवाद । देश र दुनियाँको हरपल ताजा जानकारीसहितका समाचारका लागि जनादेश दैनिक । समाचार वा जानकारी छन् भने तत्काल पठाउनुस् हामी वृहत पाठकसमक्षक पुर्‍याउने छौं । समाचार, जानकारी वा तस्विर तथा भिडियो पठाउने इमेल ठेगाना- info@janadeshdaily.com

     
प्रतिक्रिया दिनुहोस्