एजेन्सी। शाहरुख खानको फिल्म ‘पठान’ केही समयदेखि चर्चामा रहेको छ । फिल्मकोे सुर्टिङको क्रममा झडप भएको खबर बाहिर आएको छ । समाचार अनुसार, फिल्मका निर्देशक सिद्वार्थ आनन्दलाई असिस्टेन्ट निर्देशकले थप्पड हानेका छन् । निर्देशक आनन्दको कुरा नमानेपछि विवाद सुरु भई कुटपिटसम्म पुगेको एक स्रोतले जनाएको छ ।
भनाभनबाट सुरु भएको विवाद कटपिटमा पुगेर रोकिएको थियो । असिस्टेन्टले लगातार आनन्दमाथि नराम्रा आरोप लगाएका थिए । आफुमाथि विभिन्न आरोप लगाएपछि आनन्द उठेर असिस्टेन्टमाथि झापड हाने । असिस्टेन्टले पनि तुरुन्तै आनन्दलाई झापड हानेर जवाफ फर्काएका थिए ।
भोलीपल्ट मात्रै शुर्टिङ सुरु भएपनि असिस्टेन्टलाई भने तुरुन्त कामबाट निकालेको जनाएको छ । यस फिल्ममा शाहरुख खान, दीपिका पादुकोण र जोन अब्राहमको लिड रोल रहेको छ ।