ओलीलाई आइलाग्यो अर्को लफडा, ४ घगडान वकिलले निकाले कडा विज्ञप्ति (पूर्णपाठसहित) – Janadesh Daily | ePaper

ओलीलाई आइलाग्यो अर्को लफडा, ४ घगडान वकिलले निकाले कडा विज्ञप्ति (पूर्णपाठसहित)


जनादेश, काठमाडौँ ।

प्रधानमन्त्री केपी शर्मा ओलीमाथि अदालत र अधिवक्ताको मानहानी गरेको आरोप लागेको छ । कानुन व्यवसायीका ज्येष्ठ सदस्य कृष्णप्रसाद भण्डारीमाथि दिएको अभिव्यक्तिलाई लिएर नेपाल बार एशोसिएसनका चार पूर्वअध्यक्षले यस्तो आरोप लगाएका हुन् ।

पूर्वअध्यक्षहरु हरिहर दाहाल, शम्भु थापा, प्रेमबहादुर खड्का र शेरबहादुर केसीद्वारा आज जारी विज्ञप्तिमा, ‘वरिष्ठतम् अधिवक्ता कृष्णप्रसाद भण्डारी नेपालको कानुन व्यवसायको मात्र होइन, स्वतन्त्र न्यायपालिका र लोकतन्त्र समेतको जीवित इतिहास हुन्। पञ्चायतकालमा बिपी कोइराला, रामराजाप्रसाद सिंह र प्रधानमन्त्रीलाई झापा आन्दोलनको कममा लागेका राजनीतिक मुद्दा बहस गर्न कष्टसाध्य यात्रा गर्ने साहसिक कानुन व्यवसायी पनि हुनुहुन्छ, यस्तो इतिहास भएको व्यक्तित्वलाई आफ्नो विपक्षमा बहस गरेकै आधारमा अपमान गर्ने, होच्याउने र दुर्वाच्य वचनले प्रहार गर्ने कुरा प्रधानमन्त्रीको शक्तिको अहकार र उन्माद भएको हाम्रो ठहर रहेको छ।’

उनीहरुले प्रधानमन्त्रीको उक्त अभिव्यक्तिप्रति खेद र भर्त्सना पनि व्यक्त गरेका छन्। केही दिनअघि प्रधानमन्त्री ओलीले ‘एक जना बाजे वकिललाई पनि लिएर गएछन् बहस गर्न, के तमासा गरेको होरु’ भन्दै व्यंग्य गरेका थिए ।

प्रधानमन्त्रीका अभिव्यक्तिले संविधानद्वारा संरक्षित कानुन व्यवसायमाथि नै धावा बोलिएकाले लोकतन्त्रका पहरेदार कानुन व्यवसायीमाथिको प्रहारलाई मुकदर्शक भएर सहन गर्न नसकिने बताएका छन् ।

‘प्रधानमन्त्रीको यस्तो अभिव्यक्तिले अदालतमा विचाराधीन मुद्दालाई समेत प्रतिकूल असर गर्ने प्रयास भएकाले यस विषयलाई हामीले गम्भीरतापूर्वक लिएका छौँ,’ विज्ञप्तिमा भनिएको छ।

आजैमात्र संबैधानिक इजलासमा पनि प्रधानमन्त्रीका अभिव्यक्तिबारे कुरा उठेका थिए । त्यस्तै प्रधानमन्त्री केपी शर्मा ओलीले अदालतमा विचाराधीन विषयमा पटक–पटक अभिव्यक्ति दिएको भन्दै कानुन व्यवसायीले इजलासमा ध्यानाकर्षण गराएका हुन् ।

प्रधानमन्त्रीको कुरा उठेपछि प्रधानन्यायाधीश चोलेन्द्र शमशेर राणाले बाहिरका कुरामा नजाऔं भन्दै रोकेका थिए । वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठीले अदालत र कानुन व्यवसायीमाथि टिप्पणी गर्न ओलीलाई रोक लगाउनु पर्ने कुरा उठाए । त्यसपछि राणाले इजलासमा उठेका कुराहरुमा मात्र केन्द्रित भएर बहस गर्न त्रिपाठीलाई आग्रह गरेका थिए ।

"Janadeshdaily.com"

यो नेपाली भाषाको डिजीटल पत्रिका हो । हामी तपाइँहरु समक्ष छुट्टै दृष्टिकोण र स्वादका समाचार पस्किने प्रयासमा छौं । तपाइँको सल्लाह र सुझाव हाम्रालागि सधैं मार्गदर्शक रहनेछ । यो डिजिटल पत्रिका हेर्नुभएकोमा हार्दिक धन्यवाद । देश र दुनियाँको हरपल ताजा जानकारीसहितका समाचारका लागि जनादेश दैनिक । समाचार वा जानकारी छन् भने तत्काल पठाउनुस् हामी वृहत पाठकसमक्षक पुर्‍याउने छौं । समाचार, जानकारी वा तस्विर तथा भिडियो पठाउने इमेल ठेगाना- info@janadeshdaily.com

     
प्रतिक्रिया दिनुहोस्