चेल्सीको प्रशिक्षकबाट लाम्पार्ड बर्खास्त, टुसिललाई अवसर – Janadesh Daily | ePaper

चेल्सीको प्रशिक्षकबाट लाम्पार्ड बर्खास्त, टुसिललाई अवसर


स्पोर्ट्स अपडेट ।

इंग्लिस प्रिमियर लिग क्लब चेल्सीले प्रशिक्षक फ्र्यांक लाम्पार्डलाई बर्खास्त गरेको छ । १८ महिनाअघि चेल्सीले आफ्ना पूर्व खेलाडी लाम्पार्डलाई प्रशिक्षकको जिम्मेवारी सुम्पेको थियो । अब लाम्पार्डको ठाउँमा पेरिस सेन्ट–जर्मेन (पिएसजी) का पूर्व प्रशिक्षक थोमस टुसिल आउने सम्भावना छ ।

४२ वर्षका लाम्पार्डको प्रशिक्षणमा चेल्सी अहिले प्रिमियर लिगको नवौँ स्थानमा छ । गएको हप्ता भएको खेलमा चेल्सी लेस्टर सिटीसँग पराजित भएको थियो । लिगका पछिल्लो पाँच खेलमा चेल्सी मात्रै एक खेलमा विजयी भएको छ ।

चेल्सीको प्रशिक्षकका रुपमा लाम्पार्डको अन्तिम खेल आइतबार राति भएको एफए कप अन्तर्गत लुटनसँगको खेल बन्यो । सो खेलमा चेल्सी ३–१ ले विजयी भएको थियो ।

लाम्पार्डले माउरिजिओ सारीलाई प्रतिस्थापित गरेर सन् २०१९ को जुलाईमा तीन वर्षको सम्झौता गरि चेल्सीमा प्रशिक्षक नियुक्त भएका थिए ।

सोमबार राति वक्तव्य जारी गरेर लाम्पार्डले क्लबलाई अघि बढाउन समय नपाउँदा निराश भएको उल्लेख गरेका छन् । तर प्रशिक्षकको भूमिका निर्वाह गर्न पाउँदा आफूलाई ठूलो गर्वको महसुस भएको उनले उल्लेख गरे ।

एजेन्सीको सहयोगमा ।

"Janadeshdaily.com"

यो नेपाली भाषाको डिजीटल पत्रिका हो । हामी तपाइँहरु समक्ष छुट्टै दृष्टिकोण र स्वादका समाचार पस्किने प्रयासमा छौं । तपाइँको सल्लाह र सुझाव हाम्रालागि सधैं मार्गदर्शक रहनेछ । यो डिजिटल पत्रिका हेर्नुभएकोमा हार्दिक धन्यवाद । देश र दुनियाँको हरपल ताजा जानकारीसहितका समाचारका लागि जनादेश दैनिक । समाचार वा जानकारी छन् भने तत्काल पठाउनुस् हामी वृहत पाठकसमक्षक पुर्‍याउने छौं । समाचार, जानकारी वा तस्विर तथा भिडियो पठाउने इमेल ठेगाना- info@janadeshdaily.com

     
प्रतिक्रिया दिनुहोस्