अभिनेत्री जय श्री मृत फेला, ६ महिना अघि नै गरेकी थिइन् संकेत – Janadesh Daily | ePaper

अभिनेत्री जय श्री मृत फेला, ६ महिना अघि नै गरेकी थिइन् संकेत


अन्तर्राष्ट्रिय अपडेट ।

बिग बस कन्नडको तेस्रो श्रृङ्खलामा सहभागी अभिनेत्री जयश्री रमैया मृत फेला परेकी छिन् । जयश्रीलाई सोमबार बेंगलुरुस्थित एक ओल्ड एज होम र रिह्याबिलिटेशन सेन्टरमा मृत फेला पारिएको भारतीय सञ्चार माध्यमले जनाएका छन् ।

आश्रममा उनको उपचार चलिरहेको थियो । उनको शव झुण्डिएको अवस्थामा फेला परेको टाइम्स अफ इन्डियाले जानकारी दिएको छ ।

भारतीय मिडियामा प्रकाशित समाचारका अनुसार जयश्री रमैया थुप्रै वर्षदेखि डिप्रेशनको शिकार थिइन् र सोसल मिडियामा उनले यो संसार छोड्न चाहेको इशारा पनि गरेकी थिइन् ।

जुलाई २०२० मा जयश्रीले आफ्नो फेसबुक पेजबाट लाइभ भिडियो सेयर गरेकी थिइन् । यद्यपि, पछि उनलाई बिग बस कन्नडका प्रस्तोता सुदीपले बचाएको बताइन्छ । जयश्रीले आफ्नो भिडियोमा भनेकी थिइन्, ‘म क्विट गरिरहेकी छु । संसार र डिप्रेशनलाई अलविदा ।’ उनले यो पनि भनेकी थिइन्, ‘म यो सब चर्चा पाउनका लागि गरिरहेकी छैन । म सुदीप सरबाट आर्थिक मद्दत पनि चाहन्नँ । म मर्न चाहन्छु किनभने म डिप्रेशनसँग जुध्न सकिरहेकी छैन ।’

यद्यपि, केही समयपछि जयश्रीले आफ्नो यो भिडियोलाई फेसबुकबाट डिलिट गरेकी थिइन् । यसका साथै उनले अभिनेता किच्चा सुदीपलाई धन्यवाद पनि दिएकी थिइन् ।

"Janadeshdaily.com"

यो नेपाली भाषाको डिजीटल पत्रिका हो । हामी तपाइँहरु समक्ष छुट्टै दृष्टिकोण र स्वादका समाचार पस्किने प्रयासमा छौं । तपाइँको सल्लाह र सुझाव हाम्रालागि सधैं मार्गदर्शक रहनेछ । यो डिजिटल पत्रिका हेर्नुभएकोमा हार्दिक धन्यवाद । देश र दुनियाँको हरपल ताजा जानकारीसहितका समाचारका लागि जनादेश दैनिक । समाचार वा जानकारी छन् भने तत्काल पठाउनुस् हामी वृहत पाठकसमक्षक पुर्‍याउने छौं । समाचार, जानकारी वा तस्विर तथा भिडियो पठाउने इमेल ठेगाना- info@janadeshdaily.com

     
प्रतिक्रिया दिनुहोस्