राहत र पुनस्र्थापनाबारे सभामुख सापकोटाको चासो – Janadesh Daily | ePaper

राहत र पुनस्र्थापनाबारे सभामुख सापकोटाको चासो


जनादेश, काठमाण्डौ ।

Nepal's HoR elects Agni Sapkota as Speaker

सभामुख अग्निप्रसाद सापकोटाले भोटेकोशी बाढी, पहिरो र लगातारको वर्षाले निम्त्याएको विपत्ति, सो क्षेत्रका सम्भावित जोखिम र राट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले व्यवस्थापनका लागि गरिरहेको कार्यबारे जानकारी लिनुभएको छ ।

सभामुख सापकोटाले प्राधिकरणका कार्यकारी प्रमुख अनिल पोखरेलसँग सो क्षेत्रको जोखिम र नियन्त्रणका लागि भइरहेको पछिल्ला प्रयासबारे जानकारी लिनुभएको हो । सो अवसरमा सभामुख सापकोटाले विपद् भएलगत्तै गरिने राहत, उद्धार र पुनस्र्थापनाको तयारीबारे पनि चासो राख्नुभएको थियो ।

राष्ट्रिय पुनर्निर्माण प्राधिकरणले २०७२ को भूकम्पबाट धेरै क्षति भएका १४ जिल्लामा गरेको पहिरोसम्बन्धी तथ्याङ्कका आधारमा सिन्धुपाल्चोक पहिराका दृष्टिकोणले सबैभन्दा जोखिममा रहेको प्रमुख पोखरेलले बताउनुभयो ।

तिब्बतको ‘केरुङ च्छो’ तालमा पानीको मात्रा घटेको सूचना आएकाले तत्कालका लागि फुट्ने खतरा टरेको जानकारी दिँदै प्रमुख पोखरेलले प्राधिकरणले तालमा पानीको मात्रा, ताल फुटेमा त्यो पानी नेपाली भूूभागसम्म आइपुग्न लाग्ने समय र सम्भावित क्षतिबारे पनि अध्ययन गरिरहेको बताउनुभयो ।

सिन्धुपाल्चोक जिल्लाभित्र पनि भोटेकोशी गाउँपालिका पहिराका कारण उच्च जोखिममा रहेकाले सतर्कता अपनाउनुपर्ने अवस्था रहेको बताउँदै प्रमुख पोखरेलले जोखिमयुक्त गाउँ, बस्ती र घरधुरीलाई त्यहाँको जोखिमबारे जानकारी दिने तयारी भइरहेको जानकारी दिनुभयो ।

सभामुखसँगको उक्त छलफलमा नेकपा केन्द्रीय सदस्य एवं सिन्धुपाल्चोक सहइन्चार्ज माधव सापकोटा र भोटेकोशी गाउँपालिकाका अध्यक्ष राजकुमार पौडेलले भोटेकोशी गाउँपालिका र बाह्रबिसे नगरपालिकाभित्र बाढीपहिराले गरेको क्षति र प्रभावित स्थानीयवासीले भोग्नुपरेको अप्ठेरोबारे जानकारी दिनुभएको थियो । रासस

"Janadeshdaily.com"

यो नेपाली भाषाको डिजीटल पत्रिका हो । हामी तपाइँहरु समक्ष छुट्टै दृष्टिकोण र स्वादका समाचार पस्किने प्रयासमा छौं । तपाइँको सल्लाह र सुझाव हाम्रालागि सधैं मार्गदर्शक रहनेछ । यो डिजिटल पत्रिका हेर्नुभएकोमा हार्दिक धन्यवाद । देश र दुनियाँको हरपल ताजा जानकारीसहितका समाचारका लागि जनादेश दैनिक । समाचार वा जानकारी छन् भने तत्काल पठाउनुस् हामी वृहत पाठकसमक्षक पुर्‍याउने छौं । समाचार, जानकारी वा तस्विर तथा भिडियो पठाउने इमेल ठेगाना- info@janadeshdaily.com

     
प्रतिक्रिया दिनुहोस्