१३आँै साग खेलका स्वर्णपदक विजेतालाई सम्मान गरिने – Janadesh Daily | ePaper

१३आँै साग खेलका स्वर्णपदक विजेतालाई सम्मान गरिने


नेपाली काङ्ग्रेस केन्द्रीय खेलकूद विभागले गत १३ आँै साग खेलका स्वर्णपदक विजेतालाई नगदसहित सम्मान गर्ने भएको छ ।

आज यहाँ भएको पत्रकार सम्मेलनमा खेलकूद क्षेत्रको बृहत्तर विकासलाई ध्यानमा राखी उक्त निर्णय गरेको जानकारी दिइयो । विभागका प्रमुख मोहनबहादुर बस्नेतले टोकियो ओलम्पिक ‘२०२१’ मा नेपालका तर्फबाट सहभागी हुने खेलाडी र प्रशिक्षकको कोरोना बीमा गरिने पनि बताउनुभयो । उहाँले भन्नुभयो, “ २०२१ मा हुने ओलम्पिक खेलको तयारीका लागि राष्ट्रिय तथा अन्तरराष्ट्रिय प्रतियोगिताहरुमा नेपाली खेलाडीको सहभागिताका लागि कोरोनाको सुरक्षा र सावधानी अपनाउँदै प्रशिक्षण सञ्चालन गर्न सरकारसँग माग गर्छाँै ।”

यसैगरी काङ्ग्रेस सभापतिको नाममा हरेक वर्ष राष्ट्रियस्तरीय सभापति कप फुटबल प्रतियोगिता सञ्चालन गर्ने निर्णय पनि गरेको बस्नेतको भनाइ छ ।

विभिन्न विधाका प्रशिक्षकहरुको व्यवस्था गरी वडा तहसम्म खेलकूद गतिविधि सञ्चालन गर्ने, प्रजातन्त्रवादी नेताहरुको सम्मानमा राष्ट्रिय, प्रादेशिक र स्थानीयस्तरीयमा विभिन्न विधाका हरेक वर्ष खेलकुद प्रतियोगिता गरिने सो अवसरमा जानकारी दिइयो । राष्ट्रिय खेलकूद परिषद्मा कार्यरत १३ देखि २४ वर्ष सेवा अवधि पार भएका कर्मचारीको पदोन्नति नगरी वृत्तिविकासमा आँच पु¥याएकाले निजहरुको बढुवा प्रक्रिया अगाडि बढाउन समेत सो अवसरमा माग गरिएको छ । “नेपाल ओलम्पिक कमिटी र भारतीय टिभी च्यानलहरुबीच भएको १३आँै सागका गतिविधि प्रसारणसम्बन्धी सम्झौता रकमको हिसाबकिताब सार्वजनिक गर्न माग गर्छाँै”, उहाँले थप्नुभयो ।

"Janadeshdaily.com"

यो नेपाली भाषाको डिजीटल पत्रिका हो । हामी तपाइँहरु समक्ष छुट्टै दृष्टिकोण र स्वादका समाचार पस्किने प्रयासमा छौं । तपाइँको सल्लाह र सुझाव हाम्रालागि सधैं मार्गदर्शक रहनेछ । यो डिजिटल पत्रिका हेर्नुभएकोमा हार्दिक धन्यवाद । देश र दुनियाँको हरपल ताजा जानकारीसहितका समाचारका लागि जनादेश दैनिक । समाचार वा जानकारी छन् भने तत्काल पठाउनुस् हामी वृहत पाठकसमक्षक पुर्‍याउने छौं । समाचार, जानकारी वा तस्विर तथा भिडियो पठाउने इमेल ठेगाना- info@janadeshdaily.com

     
प्रतिक्रिया दिनुहोस्