इभ्राहिमोभिचको दुई गोल, एटलान्टा पनि विजयी – Janadesh Daily | ePaper

इभ्राहिमोभिचको दुई गोल, एटलान्टा पनि विजयी


एजेन्सी भेट्रान फरवार्ड ज्लाटन इभ्राहिमोभिचको दुई गोल सहयोगमा एसी मिलानले इटालियन सिरी ‘ए’ मा सस्सुलोमाथि झिनो जित निकाल्दा अर्काे खेलमा एटलान्टाले बोलोग्नालाई १–० ले हराएको छ ।

मिलानले घरेलु टोलीमाथि २–१ को जित निकालेको हो । सबै तीन गोल पहिलो हाफमा सम्भव भएको थियो ।  मंगलबार राति भएको खेलको १९औं मिनेटमा इभ्राहिमोभिचले हाकान कालहानोग्लुको पासमा गोल गर्दै मिलानलाई अग्रता दिलाएका थिए ।

४२औं मिनेटमा सस्सुलोका फ्रान्सिस्को कपुटोले पेनाल्टीमार्फत गोल गर्दै खेललाई १–१ गोलको बराबरीमा ल्याए । पहिलो हाफको थप गरिएको दोस्रो मिनेटमा इभ्राहिमोभिचले व्यक्तिगत तथा टिमको लागि दोस्रो गोल गर्दै मिलानलाई खेलमा पुनः २–१ को अग्रता दिलाए । उनले हाकानकै पासमा गोल गरेका थिए ।

पहिलो हाफको इन्ज्युरी समयको थप गरिएको सातौ मिनेटमा घरेलु टोली सस्सुलो १० खेलाडीमा समेटियो । सस्सुलोका मेदी बौरएविया दोहोरो पँहेलो कार्ड खादै मैदानबाट बाहिरिएका थिए ।

घरेलु टोली १० खेलाडीमा समेटिएपनि मिलानले दोस्रो हाफमा थप गोल गर्न सकेन । पहिलो हाफको नतिजा नै मिलानको जितमा पर्याप्त बन्यो । जितपछि मिलान ३५ खेलबाट ५९ अंक जोडेर पाँचौ स्थानमा उक्लदा सस्सुलो ४८ अंक जोडेर आठौं स्थानमा यथावत रहेको छ ।

यस्तै अर्काे खेलमा यो सिजन उच्च प्रदर्शन गरिरहेको एटलान्टाले बोलोग्नामाथि १–० को कठिन जित निकालेको छ । एटलान्टाको जितमा ६२औं मिनेटमा लुइस मुरिएलले गरेको गोल नै निर्णायक बन्यो । उनी दोस्रो हाफको शुरुमै मारियो पासालिसको स्थानमा मैदान प्रवेश गरेका थिए ।

जितपछि एटलान्टाले एक खेल कम खेलेको इन्टर मिलानलाई दुई अंकले पछि पार्दै दोस्रो स्थानमा उक्लिएको छ । एटलान्टाको ७४ तथा इन्टरको ७२ अंक छ । बोलोग्ना ४३ अंक जोडेर १०औं स्थानमा छ ।

"Janadeshdaily.com"

यो नेपाली भाषाको डिजीटल पत्रिका हो । हामी तपाइँहरु समक्ष छुट्टै दृष्टिकोण र स्वादका समाचार पस्किने प्रयासमा छौं । तपाइँको सल्लाह र सुझाव हाम्रालागि सधैं मार्गदर्शक रहनेछ । यो डिजिटल पत्रिका हेर्नुभएकोमा हार्दिक धन्यवाद । देश र दुनियाँको हरपल ताजा जानकारीसहितका समाचारका लागि जनादेश दैनिक । समाचार वा जानकारी छन् भने तत्काल पठाउनुस् हामी वृहत पाठकसमक्षक पुर्‍याउने छौं । समाचार, जानकारी वा तस्विर तथा भिडियो पठाउने इमेल ठेगाना- info@janadeshdaily.com

     
प्रतिक्रिया दिनुहोस्