नायक बन्ने अवसर पाएका ओली इतिहासकै खलपात्र बने- प्रचण्ड – Janadesh Daily | ePaper

नायक बन्ने अवसर पाएका ओली इतिहासकै खलपात्र बने- प्रचण्ड


जनादेश, काठमाण्डौ । नेपाल कम्युनिष्ट पार्टी नेकपाका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले प्रधानमन्त्री केपी शर्मा ओलीलाई नायक बनाउन खोल्दा आफ्नै गल्तीले खलनायक भएको आरोप लगाएका छन् ।

नेकपा प्रचण्ड नेपाल समुहले आज धनगढीमा गरेको विरोधसभालाई सम्बोधन गर्दै प्रचण्डले दुई तीहाईनजिक जनमत प्राप्त पार्टीको नायक बन्ने अवसर ओलीले गुमाएको बताए । ओली इतिहासकै खलपात्रमा परिणत भएको अध्यक्ष प्रचण्डको भनाई छ ।

अध्यक्ष प्रचण्डले विशाल जनसहभागिता ओलीको प्रतिगामी कदमको विपक्षमा उभिएकाले संघर्षबाट ओलीको कदम सच्याउने जिकिर गरे । सानो समुह ओलीसँग रहेकोले उनको समर्थनमा जनता नरहेको दावीसमेत प्रचण्डको छ ।

विरोधसभामा आलोपालो अनुसार प्रमुख अथिति रहेका माधवकुमार नेपालले ओलीको पतनको बाटो सुरु भएको बताए । निर्वाचन आयोगले हालैको एक आदेशले ओलीलाई आफ्नो हैसियत देखाएको नेपालको भनाई छ ।

विरोधसभामा नेकपा स्थायी कमिटि सदस्य भीम रावल, सुदूरपश्चिमका मुख्यमन्त्री त्रिलोचन भट्ट, पार्टी संयोजक लक्ष्मीदत्त जोशीलगायत नेताहरुले सम्वोधन गरेका थिए ।

"Janadeshdaily.com"

यो नेपाली भाषाको डिजीटल पत्रिका हो । हामी तपाइँहरु समक्ष छुट्टै दृष्टिकोण र स्वादका समाचार पस्किने प्रयासमा छौं । तपाइँको सल्लाह र सुझाव हाम्रालागि सधैं मार्गदर्शक रहनेछ । यो डिजिटल पत्रिका हेर्नुभएकोमा हार्दिक धन्यवाद । देश र दुनियाँको हरपल ताजा जानकारीसहितका समाचारका लागि जनादेश दैनिक । समाचार वा जानकारी छन् भने तत्काल पठाउनुस् हामी वृहत पाठकसमक्षक पुर्‍याउने छौं । समाचार, जानकारी वा तस्विर तथा भिडियो पठाउने इमेल ठेगाना- info@janadeshdaily.com

     
प्रतिक्रिया दिनुहोस्