लगातारको वर्षाका कारण सरुवा रोगको जोखिम बढ्यो – Janadesh Daily | ePaper

लगातारको वर्षाका कारण सरुवा रोगको जोखिम बढ्यो


जनादेश,घोराही।

Rainy season with two girls in the park - Download Free Vectors ...

सरकारले लगातारको वर्षाका कारण सरुवा रोगको जोखिम बढेको जनाएको छ । वर्षाका कारण आएको बाढी पहिरोले गर्दा दूषित पानीका कारण विभिन्न सरुवा रोगको जोखिम रहेको भन्दै सचेत रहन सरकारले आग्रह गरेको हो ।

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका प्रवक्ता डाक्टर जागेश्वर गौतमले यो बेला झाडापखाला, आउँ, हैजा, टाइफाइडजस्ता रोगहरु देखा पर्ने गरेकोले सावधानी अपनाउन आग्रह गर्नुभएको छ ।

फोहर पानी र असन्तुलित खानपिनका कारण सरुवा रोगको सङ्क्रमण बढ्ने गरेको उहाँँको भनाइ छ । विशेष गरी बालबालिका, ज्येष्ठ नागरिक र गर्भवती यस्ता रोगरसङ्क्रमणको जोखिममा रहेकाले उनीहरुको ख्याल गर्न मन्त्रालयका प्रवक्ता गौतमले आग्रह गर्नुभएको छ ।
जोखिम पनि बढेकाले सचेत भइ सुरक्षित रहन उहाँले सुझाव दिनुभएको छ ।

उहाँले सम्बन्धित सबैमा उद्धार, राहत र पूर्वतयारीका लागि तयार रहन निर्देशन पनि दिनुभएको छ ।

"Janadeshdaily.com"

यो नेपाली भाषाको डिजीटल पत्रिका हो । हामी तपाइँहरु समक्ष छुट्टै दृष्टिकोण र स्वादका समाचार पस्किने प्रयासमा छौं । तपाइँको सल्लाह र सुझाव हाम्रालागि सधैं मार्गदर्शक रहनेछ । यो डिजिटल पत्रिका हेर्नुभएकोमा हार्दिक धन्यवाद । देश र दुनियाँको हरपल ताजा जानकारीसहितका समाचारका लागि जनादेश दैनिक । समाचार वा जानकारी छन् भने तत्काल पठाउनुस् हामी वृहत पाठकसमक्षक पुर्‍याउने छौं । समाचार, जानकारी वा तस्विर तथा भिडियो पठाउने इमेल ठेगाना- info@janadeshdaily.com

     
प्रतिक्रिया दिनुहोस्