प्रदश ५ कोे ७० प्रतिशत बजेट खर्च – Janadesh Daily | ePaper

प्रदश ५ कोे ७० प्रतिशत बजेट खर्च


जनादेश घोराही ।

प्रदेश ५ सरकारले गत आर्थिक वर्ष २०७६/७७ मा ७० प्रतिशत बजेट खर्च गरेको छ । प्रदेश आर्थिक मामिला तथा योजना मन्त्रालयका अनुसार खर्च भएको बजेट मध्ये पूँजीगत तर्फ ७९ दशमलव २९ र चालुतर्फ ६० दशमलव ५४ प्रतिशत रहेको छ ।

प्रदेशमा गत वर्ष ३६ अर्ब ४१ करोड ६८ लाख रुपैंया विनियोजन भएको थियो । विनियोजित बजेट मध्ये कूल ९० प्रतिशत बजेट खर्च गर्ने लक्ष प्रदेश सरकारले राखेको थियो ।

तर कोरोना संकटका कारण बीस प्रतिशत बजेट कार्यान्वयन हुन नसकेको हो । तर आर्थिक मामिला तथा योजना मन्त्रालयले यो विपद्को समयमा अघिल्लो आर्थिक वर्षको जति नै खर्च हुनु राम्रो पक्ष भएको निष्कर्ष निकालेको छ ।

यस्तै कोरोना संकटका बावजुद पनि सात प्रदेशमध्ये पूँजीगत खर्च सबैभन्दा धेरै प्रदेश ५ सरकारले गरेको छ । यस्तै सबै भन्दा धेरै भौतिक पूर्वाधार विकास मन्त्रालयले ३ दशमलव १ प्रतिशत बजेट खर्च गरेको छ ।

आर्थिक मामिला तथा योजना मन्त्रालयका प्रवक्ता जर्नादन पौडेलका अनुसार प्रदेश ५ मा सबै भन्दा कम आन्तरिक मामिला तथा कानुन मन्त्रालयले ३२ दशमलव ९९ प्रतिशत बजेट खर्च गरेको छ ।

यस्तै प्रदेश सरकारले ४ अर्ब १२ करोड २५ लाख राजस्व संकलनको लक्ष्य लिएकोमा ३ अर्ब ४ करोड ९१ लाख १२ हजार ९ सय संकलन गर्न सफल भएको छ ।

"Janadeshdaily.com"

यो नेपाली भाषाको डिजीटल पत्रिका हो । हामी तपाइँहरु समक्ष छुट्टै दृष्टिकोण र स्वादका समाचार पस्किने प्रयासमा छौं । तपाइँको सल्लाह र सुझाव हाम्रालागि सधैं मार्गदर्शक रहनेछ । यो डिजिटल पत्रिका हेर्नुभएकोमा हार्दिक धन्यवाद । देश र दुनियाँको हरपल ताजा जानकारीसहितका समाचारका लागि जनादेश दैनिक । समाचार वा जानकारी छन् भने तत्काल पठाउनुस् हामी वृहत पाठकसमक्षक पुर्‍याउने छौं । समाचार, जानकारी वा तस्विर तथा भिडियो पठाउने इमेल ठेगाना- info@janadeshdaily.com

     
प्रतिक्रिया दिनुहोस्