नेकपा प्रचण्ड-नेपाल समूहका नेता रातिमा सडकमै मृत फेला, घटना शंकास्पद – Janadesh Daily | ePaper

नेकपा प्रचण्ड-नेपाल समूहका नेता रातिमा सडकमै मृत फेला, घटना शंकास्पद


जनादेश अपडेट ।
प्रचण्ड-नेपाल समूहमा रहेका नेपाल कम्युनिष्ट पार्टी नेकपाका केन्द्रीय सदस्य तथा सर्लाही जिल्ला इन्चार्ज डाचाराज वाग्ले मृत अवस्थामा फेला परेका छन् ।

उनको शंकास्पद अवस्थामा निधन भएको नेकपाका नेता कार्यकर्ताले बताएका छन् । बुधबार राति ९ बजे सर्लाहीको बरहथवा नगरपालिका- ९ मुर्तिया जंगलमा वाग्लेको शव फेला परेको हो।

प्रहरीले सवारी दुर्घटनामा वाग्लेको मृत्यु भएको जनाएपनि नेकपाका कार्यकर्ताले आशंका गरेका छन् । इलाका प्रहरी कार्यालय वरहथवाका प्रमुख डिएसपी उद्धबसिंह भाटले वाग्लेको सडक दुर्घटनामा मृत्यु भएको जानकारी दिए । वाग्लेको आँखाको छेउमा सामान्य निलडाम जस्तो देखिए पनि शरीरका अन्य भागमा कुनै चोटपटक नदेखिएको डिएसपी भाटले बताए ।

तर बुधबार साँझ सर्लाहीको वरहथवामा आयोजना गरेको मशाल जुलुशमा सहभागी भएर घर फर्कने क्रममा घटना भएका कारण घटना शंकास्पद भएको नेकपा सर्लाहीका सचिव कमल बुढाथोकीले जनादेशलाई बताए। उनले भने, ‘यो दुर्घटनामात्र नहुन सक्छ, घटना शंकास्पद छ’ ।

नेता कार्यकर्ताहरुले उनको निधनमा श्रद्धाञ्जलि व्यक्त गरेका छन् ।

अकल्पनिय घटना ,नेपाल कम्युनिष्ट पार्टी (नेकपा) केन्द्रिय सदस्य तथा सर्लाही जिल्ला इन्चार्ज क. डाचाराज वाग्लेको वरहथवा,…

Posted by Ganga Dahal on Wednesday, 3 February 2021

 

पार्टीले बुधबार साँझ आयोजना गरेको मसाल जुलुसको नेतृत्व गर्न वाग्ले बरहथवामा बसेका थिए। मसाल जुलुस सम्पन्न गरेर नयाँरोडतर्फ फर्किने क्रममा उनी मृत फेला परेका हुन् ।

पछिल्लो समय वाग्लेले पीडितलाई साथमा लिएर सर्लाहीका कुख्यात सुदखोर श्याम परदेशी र लालबाबु यादवलाई कानुनी कारबाही गराउने अभियानको नेतृत्व गरेका थिए । उनलाई सुदखोरहरुले धम्क्याउने गरेको बताइएको छ ।

"Janadeshdaily.com"

यो नेपाली भाषाको डिजीटल पत्रिका हो । हामी तपाइँहरु समक्ष छुट्टै दृष्टिकोण र स्वादका समाचार पस्किने प्रयासमा छौं । तपाइँको सल्लाह र सुझाव हाम्रालागि सधैं मार्गदर्शक रहनेछ । यो डिजिटल पत्रिका हेर्नुभएकोमा हार्दिक धन्यवाद । देश र दुनियाँको हरपल ताजा जानकारीसहितका समाचारका लागि जनादेश दैनिक । समाचार वा जानकारी छन् भने तत्काल पठाउनुस् हामी वृहत पाठकसमक्षक पुर्‍याउने छौं । समाचार, जानकारी वा तस्विर तथा भिडियो पठाउने इमेल ठेगाना- info@janadeshdaily.com

     
प्रतिक्रिया दिनुहोस्