सूर्य थापाले ओली समूहको आमसभा स्थगन गरिएको सूचना दिएपछि… – Janadesh Daily | ePaper

सूर्य थापाले ओली समूहको आमसभा स्थगन गरिएको सूचना दिएपछि…


जनादेश सोसल मिडिया वाच ।

नेकपाको ओली समूहले आज माघ २३ गते काठमाडौंमा आमसभा गर्दैछ । त्यसका लागि जिल्ला जिल्लाबाट मान्छे काठमाडौं ल्याइएको छ ।

तर विहीबार साँझ प्रधानमन्त्री केपी ओलीका सल्लाहकार सूर्य थापाको नाममा रहेको फेसबुकबाट सभा स्थगन भएको सूचना सार्वजनिक भयो ।

तर त्यो वास्तविक नभएर फेक आइडीबाट गरिएक काम थियो । आमसभा स्थगन गरिएको सूचना आफ्नो फेसबुकमा लेखिएको पाइएपछि प्रधानमन्त्री केपी शर्मा ओलीका प्रेस सल्लाहकार सूर्य थापा आश्चर्यचकित भएका छन् ।

साइबर अपराधीले यस्तो झुटो खबर फैलाएको भन्दै उनले आपत्ति जनाएका छन् । आफ्नो आधिकारिक फेसबुकमा उनले लेखेका छन्, मेरो फेसबुक आइडीलाई स्क्रिन सट गरी नक्कली म्यासेज बनाई सोसल मिडियामा व्यापक रूपमा दुष्प्रचार गर्न यस्तो आपराधिक गिरोह कुत्सित सक्रियतामा संलग्न रहेकोमा म उक्त कार्यप्रति खेद प्रकट गर्दछु।’

माधवकुमार नेपालका कान्छा भाइ सराेज उपाध्यायसहितकाे यस घिनलाग्दाे अपराध कर्मकाे निन्दा गर्दछु –
माझण्ड गुटका अपराधिक…

Posted by Surya Thapa on Thursday, 4 February 2021

 

उनले यो काम माधव नेपालका कान्छा भाइ सराेज उपाध्यायसहितले गरेको आोरोप पनि लगाएका छन् ।

"Janadeshdaily.com"

यो नेपाली भाषाको डिजीटल पत्रिका हो । हामी तपाइँहरु समक्ष छुट्टै दृष्टिकोण र स्वादका समाचार पस्किने प्रयासमा छौं । तपाइँको सल्लाह र सुझाव हाम्रालागि सधैं मार्गदर्शक रहनेछ । यो डिजिटल पत्रिका हेर्नुभएकोमा हार्दिक धन्यवाद । देश र दुनियाँको हरपल ताजा जानकारीसहितका समाचारका लागि जनादेश दैनिक । समाचार वा जानकारी छन् भने तत्काल पठाउनुस् हामी वृहत पाठकसमक्षक पुर्‍याउने छौं । समाचार, जानकारी वा तस्विर तथा भिडियो पठाउने इमेल ठेगाना- info@janadeshdaily.com

     
प्रतिक्रिया दिनुहोस्