मांसाहारी आन्दोलन गर्नेलाई जावलाखेलको जुमा लगेर थुनिदिन्छौं : गृहमन्त्री थापा – Janadesh Daily | ePaper

मांसाहारी आन्दोलन गर्नेलाई जावलाखेलको जुमा लगेर थुनिदिन्छौं : गृहमन्त्री थापा


जनादेश, काठमाण्डौ । गृहमन्त्री रामबहादुर थापाले ओली सरकारविरूद्ध ‘मांसाहारी’ आन्दोलन गरे त्यस्तो आन्दोलन गर्नेलाई जावलाखेलको चिडियाखानामा लगेर थुनिदिने बताएका छन्।

प्रधानमन्त्री केपी शर्मा ओली पक्षधरले शुक्रबार  दरबारमार्गमा आयोजना गरेको जनसभालाई सम्बोधन गर्दै थापाले यस्तो बताएका हुन्।

केही दिनअघि नेकपा अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले सरकारविरूद्ध मांसाहारी आन्दोलन गर्नुपर्ने बताएका थिए।

उहाँहरूले मांसाहारी आन्दोलन गर्ने भन्नुभएको छ। त्यस्तो आन्दोलनलाई हाम्रो संविधानले अपराध मान्छ। त्यस्तो अपराध गर्नेलाई हामी जावलाखेलको जुमा लगेर थुनिदिन्छौं,’ थापाले भने।

थापाले राष्ट्रपति, प्रधानमन्त्री र पार्टी अध्यक्षलाई अपदस्त गर्ने षडयन्त्र भएकाले अहिलेको अवस्था आएको बताए।

"Janadeshdaily.com"

यो नेपाली भाषाको डिजीटल पत्रिका हो । हामी तपाइँहरु समक्ष छुट्टै दृष्टिकोण र स्वादका समाचार पस्किने प्रयासमा छौं । तपाइँको सल्लाह र सुझाव हाम्रालागि सधैं मार्गदर्शक रहनेछ । यो डिजिटल पत्रिका हेर्नुभएकोमा हार्दिक धन्यवाद । देश र दुनियाँको हरपल ताजा जानकारीसहितका समाचारका लागि जनादेश दैनिक । समाचार वा जानकारी छन् भने तत्काल पठाउनुस् हामी वृहत पाठकसमक्षक पुर्‍याउने छौं । समाचार, जानकारी वा तस्विर तथा भिडियो पठाउने इमेल ठेगाना- info@janadeshdaily.com

     
प्रतिक्रिया दिनुहोस्