ताजा जनादेशमा गएर जनताको निर्णय स्वीकार गर्न चाहन्छौँ : उपप्रधानमन्त्री पोखरेल – Janadesh Daily | ePaper

ताजा जनादेशमा गएर जनताको निर्णय स्वीकार गर्न चाहन्छौँ : उपप्रधानमन्त्री पोखरेल


काठमाडौँ ।

उपप्रधानमन्त्री तथा नेकपा ओली समूहका सचिवालय सदस्य ईश्वर पोखरेलले जनतानै सबैभन्दा ठूला न्यायाधीश भएको बताएका छन् ।
ओली समूहले काठमाडौँको दरबारमार्गमा गरेको सभामा बोल्दै पोखरेलले सो कुरा बताएका हुन् ।

उनले भने, ‘ताजा जनादेशमा गएर जनताको निर्णय स्वीकार गर्न चाहन्छौँ ।’ पोखरेलले नेकपाको आधिकारिकता ओलीले नेतृत्व गरेको नेकपाकै हुने दावी गरेका छन् । ‘प्रधानमन्त्री केपी शर्मा ओलीले नेतृत्व गरेको नेकपाको आधिकारिकता कसैले तोड्न सक्दैन ’ उनले भने ।

"Janadeshdaily.com"

यो नेपाली भाषाको डिजीटल पत्रिका हो । हामी तपाइँहरु समक्ष छुट्टै दृष्टिकोण र स्वादका समाचार पस्किने प्रयासमा छौं । तपाइँको सल्लाह र सुझाव हाम्रालागि सधैं मार्गदर्शक रहनेछ । यो डिजिटल पत्रिका हेर्नुभएकोमा हार्दिक धन्यवाद । देश र दुनियाँको हरपल ताजा जानकारीसहितका समाचारका लागि जनादेश दैनिक । समाचार वा जानकारी छन् भने तत्काल पठाउनुस् हामी वृहत पाठकसमक्षक पुर्‍याउने छौं । समाचार, जानकारी वा तस्विर तथा भिडियो पठाउने इमेल ठेगाना- info@janadeshdaily.com

     
प्रतिक्रिया दिनुहोस्