नेपाललाई ५ लाख डोज खोप अनुदानमा दिने चीनको घोषणा – Janadesh Daily | ePaper

नेपाललाई ५ लाख डोज खोप अनुदानमा दिने चीनको घोषणा


जनादेश, काडमाण्डौ । परराष्ट्रमन्त्री प्रदीप कुमार ज्ञवाली र चिनियाँ समकक्षी वाङ यीबीच शुक्रबार टेलिफोन वार्ता भएको छ ।

सो क्रममा चिनियाँ विदेशमन्त्री वाङले नेपाललाई ५ लाख डोज कोरोना भ्याक्सिन  नेपाललाई अनुदानमा उपलब्ध गराउने घोषणा गरेको परराष्ट्र मन्त्रालयले जनाएको छ ।

मन्त्रालयका अनुसार टेलिफोन कुराकानीका क्रममा कोरोना भ्याक्सिन उपलब्ध गराउन चीनले नेपाललाई प्राथमिकतामा राखेको पनि विदेशी मन्त्री वाङले बताएका थिए ।

जबाफमा मन्त्री ज्ञवालीले चिनियाँ सरकारलाई धन्यवाद दिँदै वैश्विक माहामारी नियन्त्रणमा चीनले देखाएको चासो र सक्रियताको सरहाना गरेका थिए ।

सो क्रममा नेपाल र चीनबीच दुई पक्षीय चासोका विषयमा पनि कुराकानी भएको मन्त्रालयले जनाएको छ ।

यसअघि चिनियाँ दूतावासले नेपाललाई अनुदानमा ३ लाख डोज खोप अनुदानमा उपलब्ध गराउने घोषणा गरेकोमा विदेश मन्त्रीले ५ लाख दिने घोषणा गरेका हुन् ।

यसअघि नै भारतले नेपाललाई १० लाख खोप अनुदानमा दिएको थियो भने सो खोप अहिले स्वास्थ्यकर्मी लगायतलाई लगाउने क्रम जारी रहेको छ ।

यसैबीच कोभ्याक्स अन्तर्गतको २० लाख बढी डोज खोप समेत फागुन पहिलो साता नेपाल आइपुग्ने बताइएको छ ।

"Janadeshdaily.com"

यो नेपाली भाषाको डिजीटल पत्रिका हो । हामी तपाइँहरु समक्ष छुट्टै दृष्टिकोण र स्वादका समाचार पस्किने प्रयासमा छौं । तपाइँको सल्लाह र सुझाव हाम्रालागि सधैं मार्गदर्शक रहनेछ । यो डिजिटल पत्रिका हेर्नुभएकोमा हार्दिक धन्यवाद । देश र दुनियाँको हरपल ताजा जानकारीसहितका समाचारका लागि जनादेश दैनिक । समाचार वा जानकारी छन् भने तत्काल पठाउनुस् हामी वृहत पाठकसमक्षक पुर्‍याउने छौं । समाचार, जानकारी वा तस्विर तथा भिडियो पठाउने इमेल ठेगाना- info@janadeshdaily.com

     
प्रतिक्रिया दिनुहोस्