नियमित सञ्चालनमा आयो झुलाघाट नाका – Janadesh Daily | ePaper

नियमित सञ्चालनमा आयो झुलाघाट नाका


बैतडी ।

भारतसँग जोडिएको बैतडीको झुलाघाट नाका १० महिनापछि नियमित सञ्चालनमा आउने भएको छ । जिल्ला प्रशासन कार्यालय बैतडीले शुक्रबार एक सूचना जारी गर्दै आजदेखि सञ्चालनमा आउने जनाएको हो ।

नेपाल सरकारले नाका सञ्चालनमा गर्ने निर्णयअनुसार नै नाका सञ्चालनको तयारी भएको जिल्ला प्रशासन कार्यालय बैतडीका प्रशासकीय अधिकृत शिवराज जोशीले बताउनुभयो । सरकारले यसअघि गत शुक्रबारदेखि नै बैतडीसहित देशका ३० नाका सञ्चालन गर्ने निर्णय गरेको थियो तर भारतीय पक्षको ढिलाइका कारण एक हप्तापछि नाका सञ्चालनमा आउन लागेको हो । नाकामा आवतजावत गर्दा स्वास्थ्य सुरक्षाका मापदण्डको भने पालना गर्नुपर्नेछ । उहाँले भन्नुभयो, “अझै पनि कोरोना भाइरसको जोखिम कायमै रहेकाले आवतजावत गर्दा स्वास्थ्य सुरक्षाका मापदण्डको पालना गरेको हुनुपर्छ ।”

भारतीय पक्षले सहमति जनाएपछि शुक्रबार पनि नाकामा आवतजावत भएको बैतडीका प्रमुख जिल्ला अधिकारी मोहनराज जोशीले जानकारी दिनुभयो । कोरोना भाइरस रोकथाम तथा नियन्त्रण गर्न नेपाल सरकारले गत चैतदेखि नै अन्तर्राष्ट्रिय नाका बन्द गरेको थियो । यस्तै लामो समयदेछि नाका खुल्दा सीमावर्ती झुलाघाट बजारका व्यापारी खुशी भएका छन् ।

"Janadeshdaily.com"

यो नेपाली भाषाको डिजीटल पत्रिका हो । हामी तपाइँहरु समक्ष छुट्टै दृष्टिकोण र स्वादका समाचार पस्किने प्रयासमा छौं । तपाइँको सल्लाह र सुझाव हाम्रालागि सधैं मार्गदर्शक रहनेछ । यो डिजिटल पत्रिका हेर्नुभएकोमा हार्दिक धन्यवाद । देश र दुनियाँको हरपल ताजा जानकारीसहितका समाचारका लागि जनादेश दैनिक । समाचार वा जानकारी छन् भने तत्काल पठाउनुस् हामी वृहत पाठकसमक्षक पुर्‍याउने छौं । समाचार, जानकारी वा तस्विर तथा भिडियो पठाउने इमेल ठेगाना- info@janadeshdaily.com

     
प्रतिक्रिया दिनुहोस्