सैनिक कूको विरोधमा दशौं हजार बर्मेली नागरिकको विरोध, अन्य देशमा पनि प्रदर्शन – Janadesh Daily | ePaper

सैनिक कूको विरोधमा दशौं हजार बर्मेली नागरिकको विरोध, अन्य देशमा पनि प्रदर्शन


जनादेश, काठमाडौँ ।

सैनिक कूको विरोधमा म्यान्मारमा दशौं हजार मानिस सडकमा निस्किएका छन् ।

सैनिक कूको एक सातापछि याङगुन शहरमा पहिलोपटक मानिस सडकमा ओर्लिएका हुन् । प्रदर्शनकारीले निर्वाचित नेतृ आङ सान सूची र नेशनल लिग फर डेमोक्रेसीका सवै नेताको रिहाईको मागसमेत गरेका छन् ।

प्रदर्शनकारीले सैनिक शासक असफल, लोकतन्त्र विजयी जस्ता नाराबाजी गर्दै प्रदर्शन गरेको सञ्चार माध्यमले जनाएका छन् । गत नोभेम्बरको चुनावी नतिजालाई लिएर तनाब बढ्दै जाँदा सोमबार बिहान सेनाले सत्ता हातमा लिएको थियो । देशबाहिर सैनिक कूको विरोध भइरहेका बेला म्यान्मारमा पनि नागरिक अवज्ञा र विरोध प्रदर्शनको क्रम देखिएको छ ।

निजी कार र सार्वजानिक बसचालकले हर्न बजाएर कूको विरोध जनाएको बताइएको छ । विरोध बढ्दै जाँदा सैनिक सरकारले त्यसलाई रोक्ने प्रयास गरिरहेको छ । जसअनुसार सरकारले फेसबुक पछि ट्विटर र इन्स्टाग्राममा अस्थायि प्रतिबन्ध लगाएको छ ।

सैनिक अधिकारीले इन्टरनेट सेवा प्रदायकलाई अर्को सूचना जारी नहुँदासम्म फेसबुक, ट्विटर र इन्स्टाग्राममा बन्देज लगाउन निर्देशन दिएको छ । सामाजिक सञ्जालअवरुद्ध भएपछि म्यान्मारमा भिपिएनको प्रयोग बढेको छ । म्यान्मारका ट्विटर प्रयोगकर्ता हामीले स्वतन्त्रता, न्याय गुमाएको र तत्काल लोकतन्त्र आवश्यक रहेको भन्दै कूको अवज्ञा गर्न आह्वान गरेका छन् ।

यसैबीच एम्नेष्टी इन्नटरनेशनलले स्वास्थ्य महामारी र मानवीय संकटकाबीच सामाजिक सञ्जाल बन्द गर्ने निर्णय गलत भएको भन्दै निन्दा गरेको छ । एम्नेष्टि एशियाका बरिष्ठ अधिकारी मिङ यु हाकले जनताको अधिकार जोखिममा पार्ने कार्य रोक्न र तत्काल सवै सञ्चारसेवा सुचारु गर्न आह्वान गरेका छन् ।

यसैबीच कूको विरोधमा दक्षिण कोरिया, अष्ट्रेलियाको मेलबर्न र ताइवानको ताइपेईमा पनि प्रदर्शन भएको छ ।

"Janadeshdaily.com"

यो नेपाली भाषाको डिजीटल पत्रिका हो । हामी तपाइँहरु समक्ष छुट्टै दृष्टिकोण र स्वादका समाचार पस्किने प्रयासमा छौं । तपाइँको सल्लाह र सुझाव हाम्रालागि सधैं मार्गदर्शक रहनेछ । यो डिजिटल पत्रिका हेर्नुभएकोमा हार्दिक धन्यवाद । देश र दुनियाँको हरपल ताजा जानकारीसहितका समाचारका लागि जनादेश दैनिक । समाचार वा जानकारी छन् भने तत्काल पठाउनुस् हामी वृहत पाठकसमक्षक पुर्‍याउने छौं । समाचार, जानकारी वा तस्विर तथा भिडियो पठाउने इमेल ठेगाना- info@janadeshdaily.com

     
प्रतिक्रिया दिनुहोस्