बस्ती नै जोखिममा – Janadesh Daily | ePaper

बस्ती नै जोखिममा


पहिरोका कारण जिल्लाको बूढीगङ्गा नगरपालिका–२ बजेडीको सिङ्गो बस्ती नै विस्थापित हुने जोखिम बढेको छ ।

दुई दशकदेखि पहिरोको उच्च जोखिममा रहेको उक्त बस्तीको चारैतिरबाट पहिरो बग्न थालेपछि बस्ती नै विस्थापित हुने जोखिम बढेको हो । एक सय ३५ परिवार बस्ने सिङ्गो गाउँ नै पहिरोको जोखिममा रहेको छ । तीमध्ये २० परिवार विस्थापित नै भइसकेका छन् ।

उनीहरू गाउँमा रहेको विद्यालयको खुला चौरमा पाल टाँगेर बस्न थालेको जिल्ला प्रहरी कार्यालय बाजुराका सूचना अधिकारी प्रहरी निरीक्षक दानबहादुर रोकायाले बताउनुभएको छ । विसं २०५० पहिलेदेखि पहिरो बग्न थालेको बजेडीगाउँमा यो वर्ष झनै जोखिम देखिएको छ । दर्जनाँै परिवार विस्थापित बने पनि बीचमा केही वर्ष पहिरो सामान्य रोकिएको थियो ।

तत्काल अर्को विकल्प नरोजे ठूलो क्षति हुने अनुमान गरिएको छ । स्थाानीयवासीले रातभर जाग्राम बसेर रात बिताउने गरेका छन् । चारैतिर पहिरो र पानी मात्र बग्ने गरेको हुँदा राति निद्रा नै पर्न छोडेको गुनासो स्थानीयवासीको छ । उसो त जिल्लाको ६० प्रतिशत बढी भूगोल पहिरोको उच्च जोखिममा छ भने अधिकांश बस्ती मानव बस्तीका लागि योग्य नै नभएको भूगर्भविद्को रिपोर्ट छ ।

एकीकृत बस्ती विकास गर्न भइरहेको ढिलाइले यहाँका स्थानीयवासीले भयभित वातावरणमा जीवन बिताउन बाध्य छन् । आठ परिवार जोखिममा लगातारको वर्षाका कारण बाजुराको बडिमालिका नगरपालिका–६ कोर्धस्थित काफ डाँडाटोल पहिरोको जोखिममा परेको छ । करिब आठ परिवार बसोबास रहेको उक्त टोलमा गाउँ तल र माथिबाट भासिएको छ ।

गाउँको तल र माथि चिराहरु परेको बताइएको छ । स्थानीय रमेश बडुवालका अनुसार निरन्तर वर्षा जारी रहे बढी जोखिम हुने स्थिति छ । डोजरले सडक निर्माण गरिरहेका कारण झन् बढी जोखिम बढेको छ ।

"Janadeshdaily.com"

यो नेपाली भाषाको डिजीटल पत्रिका हो । हामी तपाइँहरु समक्ष छुट्टै दृष्टिकोण र स्वादका समाचार पस्किने प्रयासमा छौं । तपाइँको सल्लाह र सुझाव हाम्रालागि सधैं मार्गदर्शक रहनेछ । यो डिजिटल पत्रिका हेर्नुभएकोमा हार्दिक धन्यवाद । देश र दुनियाँको हरपल ताजा जानकारीसहितका समाचारका लागि जनादेश दैनिक । समाचार वा जानकारी छन् भने तत्काल पठाउनुस् हामी वृहत पाठकसमक्षक पुर्‍याउने छौं । समाचार, जानकारी वा तस्विर तथा भिडियो पठाउने इमेल ठेगाना- info@janadeshdaily.com

     
प्रतिक्रिया दिनुहोस्