सभामुखको रिटमा सुनुवाई हुँदैः के होला ३४ जनाको जागिर ! ओली पनि पर्न सक्छन् कारवाहीमा – Janadesh Daily | ePaper

सभामुखको रिटमा सुनुवाई हुँदैः के होला ३४ जनाको जागिर ! ओली पनि पर्न सक्छन् कारवाहीमा


जनादेश अपडेट ।

संवैधानिक परिषद्‌को बैठकबाट संविधानविपरित नियुक्ति भएको भन्दै सभामुख अग्निप्रसाद सापकोले सर्वोच्चमा दायर गरेको रिट निवेदनमाथी आज (आइतबार) सुनुवाइ हुँदैछ ।

सभामुख सापकोटाले अदालतमा आफैं उपस्थित भएर संवैधानिक परिषद्‌मा भएको नियुक्ति बदर हुनुपर्ने रिट दर्ता गराएका थिए ।

सभामुख सापकोटाले राष्ट्रपति कार्यालयसहित ३९ जनालाई विपक्षी बनाएका छन्। संवैधानिक परिषद्का अध्यक्ष प्रधानमन्त्री केपी शर्मा ओली, सदस्य एवं प्रधानन्यायाधीश राणा तथा राष्ट्रिय सभा अध्यक्ष गणेश तिमल्सिना र नियुक्ति पाएका व्यक्तिहरुलाई रिटमा विपक्षी बनाइएको छ।

मंसिर ३० गते आफ्नो अनुपस्थितिमै बसाइएको बैठकबाट ल्याइएको अध्यादेशमार्फत गरिएको नियुक्ति गैरकानुनी भएकाो सापकोटाले गरेका छन् ।

सिफारिसअनुसार बुधबार राष्ट्रपति कार्यालयमा प्रधानन्यायाधीश चोलेन्द्र शमशेर राणाले संवैधानिक परिषद्‌मा सिफारिस सबै पदाधिकारीलाई सपथ गराएका थिए । अख्तियार, मानव अधिकार आयोगलगायत निकायमा ३४ जनाले सपथ लिएका थिए।

सभामुखको रिटमा स्टे अर्डरको अन्तरिम आदेश प्राप्त भएमा ३४ जनाको जागिर धराप पर्ने छ । संबैधानिक परिषद्ले असंबैधानिक काम गरेको भन्दै चौतर्फी आलोचना भैरहेको छ ।

अख्तियारका पूर्वप्रमुख आयुक्त सूर्यनाथ उपाध्यायले ओलीको यो कदमले संवैधानिक निकायको साख समाप्त पारेको बताएका छन् ।

संसद पुनर्स्थापना भयो भने पार्टीले प्रधानमन्त्रीबाट हटाउनुपर्ने र त्यसपछि पक्राउ गरेर अनुसन्धान थाल्नुपर्ने बताएका छन् । जालझेल र गैरसंवैधानिक काम गरेबापत् उनलाई कारबाही गर्नुपर्ने पूर्वआयुक्त उपाध्यायको तर्क छ । त्यसो गरेमात्रै भविष्यका लागि अरूले पाठ सिक्ने उनले बताएका छन् ।

यो पनि हेर्नुस्

मिडिया एलायन्सलाई प्रचण्डको सन्देशः ओलीसँग तुलना नगर्नुस् !

महराको ‘कमब्याक’ले पोखरेलको ‘रजगज’ मा बाधा

"Janadeshdaily.com"

यो नेपाली भाषाको डिजीटल पत्रिका हो । हामी तपाइँहरु समक्ष छुट्टै दृष्टिकोण र स्वादका समाचार पस्किने प्रयासमा छौं । तपाइँको सल्लाह र सुझाव हाम्रालागि सधैं मार्गदर्शक रहनेछ । यो डिजिटल पत्रिका हेर्नुभएकोमा हार्दिक धन्यवाद । देश र दुनियाँको हरपल ताजा जानकारीसहितका समाचारका लागि जनादेश दैनिक । समाचार वा जानकारी छन् भने तत्काल पठाउनुस् हामी वृहत पाठकसमक्षक पुर्‍याउने छौं । समाचार, जानकारी वा तस्विर तथा भिडियो पठाउने इमेल ठेगाना- info@janadeshdaily.com

     
प्रतिक्रिया दिनुहोस्